१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नवराज मैनाली काठमाडाैं
२o८१ बैशाख २४ सोमबार o६:११:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

नक्कली लालपुर्जा  बनाएर १९ करोड ऋण

Read Time : > 2 मिनेट
नवराज मैनाली, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o६:११:oo

बैंकका कर्मचारीसहित पाँच पक्राउ, किर्ते मुद्दा चलाएर ‘उन्मुक्ति’ दिने तयारी

बाराको विश्रामपुरस्थित गायक योगेश्वर अमात्यको १२ बिघा जग्गा डेनियल ट्रेडिङ नामक कम्पनीलाई बिक्री गरेको देखाएर नक्कली लालपुर्जा बनाई कुमारी बैंकबाट १९ करोड कर्जा प्रवाह भएको हो । अमात्यले आफ्नो जग्गाको नक्कली लालपुर्जा राखेर कर्जा प्रवाह भएकोे सुनेपछि अनुसन्धानका लागि प्रहरीमा निवेदन दिएका थिए । 

...                                         ...

नक्कली लालपुर्जाका आधारमा कुमारी बैंकबाट १९ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । त्यसमा संलग्न बैंकका कर्मचारीसहित पाँचजना पक्राउ परे पनि उनीहरूलाई किर्ते मुद्दा मात्र चलाएर ‘उन्मुक्ति’ दिने तयारी भइरहेको छ । 

बैंकिङ कसुरको अपराध भए पनि दबाबको भरमा प्रहरीले किर्ते मुद्दामा मात्र अनुसन्धान गरेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले यो घटनाको अनुसन्धान गरिरहेको छ । 

गायक योगेश्वर अमात्यको बाराको विश्रामपुरमा रहेको १२ बिघा जग्गा डेनियल ट्रेडिङ नामक कम्पनीलाई बिक्री गरेको देखाएर नक्कली लालपुर्जा बनाई कुमारी बैंकबाट १९ करोड कर्जा प्रवाह भएको हो । यसमा बैंकको विभिन्न तहबाट गम्भीर लापरबाही र मिलेमतो भएको खुले पनि प्रहरीले त्यसतर्फ अनुसन्धान गरेको छैन । 

कुमारी बैंकको वीरगन्ज शाखाका कनिष्ठ सहायक सोनु ठाकुर, धितो मूल्यांकनकर्ता राजेश चौरसिया तथा नक्कली लालपुर्जाका आधारमा कर्जा लिने एसकुमार महर्जन र मुक्तिलाल गौतमलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । ऋणी र बैंकबीच बिचौलिया बनेका कुसन प्रधानलाई पनि पक्राउ गरी अनुसन्धान भइरहेको सिआइबीका डिआइजी धीरजप्रताप सिंहले बताए । कर्जा प्रवाहमा संलग्न कर्मचारीमाथि प्रहरीले अझै अनुसन्धान अघि बढाएको छैन । 

सो कम्पनीले बैंकको न्युरोड शाखामा कर्जाका लागि निवेदन दिएको थियो । न्युरोड शाखाले धितो मूल्यांकन गरेर पठाउन वीरगन्ज शाखालाई पत्राचार गरेको थियो । वीरगन्ज शाखाका कर्मचारी ठाकुरले धितो मूल्यांकनको नक्कली कागजपत्रमा हस्ताक्षर गरेका आधारमा उनलाई पक्राउ गरेको हो । कर्जा दिने निर्णयमा भने बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सनाले नै हस्ताक्षर गरेका छन् । गत साउनमा कर्जा प्रवाह भएको थियो । ठगी गर्ने उद्देश्यले नै नक्कली लालपुर्जा बनाई कर्जा लिइएको थियो । 

गायक अमात्यकै सूचनाका आधारमा प्रहरीले यस प्रकरणको अनुसन्धान थालेको हो । अमात्यले आफ्नो जग्गाको नक्कली लालपुर्जा राखेर कर्जा प्रवाह भएकोे सुनेपछि त्यसबारे अनुसन्धानका लागि निवेदन दिएका थिए । अनुसन्धानको क्रममा उनको जग्गा डेनियल ट्रेडिङ नामक कम्पनीको नाममा देखाएर कर्जा प्रवाह भएको भेटिएको थियो । जसमा मालपोतबाट रोक्कालगायत कागजपत्रसमेत नक्कली बनाइएको थियो । 

सुरुमा बैंकले यो प्रकरणलाई लुकाउन खोजेको थियो । हालसम्म उसले प्रहरीमा जाहेरीसमेत दिएको छैन । आफ्ना धेरै कर्मचारी अनुसन्धानमा तानिने भएपछि बैंकले उजुरी नदिएको स्रोत बताउँछ । ऋणी गौतमको नाममा रहेको अरू जग्गा राखेर सो प्रकरण मिलाउने प्रयास गरिरहेको छ । बैंकिङ कसुर मुद्दामा अनुसन्धान नगर्न प्रहरीमाथि समेत दबाब परेको स्रोत बताउँछ । त्यति ठूलो रकम कर्जा प्रवाह गर्दा आधारभूत प्रक्रियासमेत पूरा नगरेको देखिए पनि त्यसमा संलग्न कर्मचारीले उन्मुक्ति पाउने सम्भावना देखिएको छ । स्रोतका अनुसार बिचौलिया रहेका प्रधानले त्यसरी कर्जा मिलाइदिएबपत करिब ६० लाख रुपैयाँ लिएका थिए । बैंकका उच्च कर्मचारीलाई प्रभावमा पारी उनले कर्जा दिलाउन लगाएका थिए । 

यस्तै, घटनामा दुई वर्षअघि सिआइबीले नै बैंक अफ काठमाडौंका पूर्वसिइओ अजय श्रेष्ठसहित उच्चपदस्थ कर्मचारीलाई पक्राउ गरेको थियो । बैंक व्यवस्थापनकै मिलेमतोमा नक्कली धितोमा कर्जा प्रवाह गरेको प्रस्ट हुँदा पनि यसपटक भने बैंकिङ कसुरमा अनुसन्धान गरिएको छैन । 

ग्राहकको पैसा मिटरब्याजमा लगाउने बैंक प्रबन्धक पक्राउ 
ग्राहकले निक्षेप खातामा जम्मा गरेको पैसा निकालेर मिटरब्याजमा लगाउने सिन्धु विकास बैंक काभ्रे दोलालघाट शाखाका प्रबन्धक सुमन खरेल पक्राउ परेका छन् । उनले एक करोडभन्दा धेरै रकम हिनामिना गरेको उजुरी बैंकले नै गरेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

ग्राहकहरूले जम्मा गर्न ल्याएको निक्षेप उनी चिनजानका व्यवसायीलाई मिटरब्याजमा लगाउने गर्थे । हरेक महिनाको अन्तिममा ब्याजसहित ग्राहकको खातामा पैसा राखेर हिसाब मिलाउँथे । तर, पछिल्लो केही महिनायता त्यसरी ब्याजमा लगाएको पैसा नउठेपछि उनको अवैध धन्दा खुलेको थियो । घटनामा बैंकका अन्य कर्मचारीले पनि उनलाई सघाएको आशंका गरिएको छ ।
 

ad
ad