१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ६ आइतबार o७:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

अर्थतन्त्र चलायमान बनाउन चेम्बरको ध्यानाकर्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o७:१४:oo

नेपाल चेम्बर अफ कमर्सले अर्थतन्त्रको वर्तमान अवस्थाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ध्यानाकर्षण गराएको छ । चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवाल नेतृत्वका पूर्वअध्यक्षहरू र वर्तमान पदाधिकारीसहितको टोलीले आइतबार प्रधानमन्त्री दाहाललाई भेटेर वित्तीय र मौद्रिक नीतिको प्रभावकारी समन्वयमार्फत अर्थतन्त्र चालयमान बनाउनुपर्नेलगायतका सुझाव दिएको हो ।

अर्थतन्त्रमा हाल देखिएको शिथिलताले निजी क्षेत्रको सम्पत्ति ५० प्रतिशतसम्म ऋणात्मक भएको चेम्बरको ठहर छ । आयकर ऐन, २०५८ का अधिकांश प्रावधानहरू स्पष्ट नहु“दा अन्तःशुल्क, भन्सारलगायतमा पछिल्लो समय भूतप्रभावी दायित्वहरू देखापरेको जानकारी गराउँदै चेम्बर टोलीले त्यसको अन्त्य गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । घरजग्गा खरिद–बिक्रीका क्रममा विगतको सम्पत्तिको स्रोतलाई मान्यता नदिएर चालू नाफाको स्रोतलाई नै मान्यता दिने मालपोत कार्यालयबाट अपनाइएको प्रक्रियाले घरजग्गा कारोबारमा शिथिलता आएको चेम्बरको ठहर छ ।

भेटवार्तामा प्रधानमन्त्री दाहालले अर्थतन्त्रमा हाल देखिएको दबाब अन्त्य गर्न सरकार प्रयत्नशील रहेको बताएका थिए । चेम्बर टोलीसँग उनले भने, ‘अर्थतन्त्र संकटउन्मुख पनि छैन, चलायमान पनि हुन सकेको छैन । अर्थतन्त्रका अधिकांश सूचकहरू सकारात्मक भएर पनि आर्थिक गतिविधि विस्तार हुन सकेको छैन ।’ उनले अर्थतन्त्रको जग बलियो बनाउने गरी सरकारले नीति तथा कार्यक्रमको खाका बनाइरहेको जानकारी गराए ।  

प्रधानमन्त्रीसँगको भेटवार्तापछि चेम्बरले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘विगतमा लिएका संकुचित नीतिहरूका कारणले अर्थतन्त्र हाल शिथिल अवस्थामा पुगेको छ । व्यापार असहजीकरण, सेयर बजारको संकुचन, घरजग्गा कारोबारमा सुस्ततालगायत कारणले आर्थिक गतिविधि खुम्चिएको छ ।’ 

ad
ad