मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक २३ मंगलबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक २३ मंगलबार १४:२७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

व्यवसायका लागि वातावरण सहज बनाइदिन सुरक्षा निकायलाई गृहमन्त्री खाणको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक २३ मंगलबार १४:२७:oo

गृहमन्त्री बालकृष्ण खाणले व्यापार–व्यवसायका लागि सहज वातावरण बनाइदिन प्रदेश नम्बर २ को सुरक्षा निकायलाई निर्देशन दिएका छन्। मंगलवार जनकपुर उद्योग वाणिज्य संघको ज्ञापनपत्र बुझ्दै मन्त्री खाणले काेरोनाको कारणले अर्थतन्त्र शिथिल भइरहेको उल्लेख गर्दै यस्तो निर्देशन दिएका हुन्।

उद्योग क्षेत्रमा राष्ट्रव्यापी रूपमा समस्याहरू देखापरेको र ती समस्याहरूलाई समाधान गर्न सरकार तत्पर रहेको उल्लेख गर्दै उनले मालसमान ल्याउने क्रममा व्यापारीहरूलाई अनावश्यक दुःख नदिन सुरक्षा निकायका प्रतिनिधिहरूलाई आग्रह गरे।

उनले भने, ‘वर्तमान सरकार सबै समुदायलाई सम्मान गर्दछ। र, उद्योगी, व्यवसायीहरूले स्वतन्त्र उद्योग, व्यवसाय सञ्चालनका लागि जुन माग गर्नुभएको छ, त्यसमा सरकार सकारात्मक छ। स्थानीय प्रशासनले, सुरक्षा निकायले उहाँहरूलाई उद्योग, व्यवसाय सञ्चालनमा अवरोध गर्ने होइन कि सहयोग गर्नुपर्दछ ।’ मन्त्री खाणले भाषा, संस्कृतिको विकासका लागि समेत सरकार गम्भीर रहेको र सबै भाषा र संस्कृतिलाई सरकारले सम्मान गरेको पनि उल्लेख गरे।