१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १९:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

इन्टरपोलको साधारण सभामा भाग लिन प्रहरी महानिरीक्षक टर्की जाने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १९:o२:oo

अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)को ८९औँ साधारण सभामा भाग लिन नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री टर्की जाने भएका छन् । महानिरीक्षक थापा नेतृत्वको प्रहरी टोली ५ मंसिरमा टर्की जाने तय भएको हो। 

आगामी ७ देखि ९ मंसिरसम्म टर्कीको राजधानी इस्तानबुलमा इन्टरपोलको ८९औँ साधारण सभा हुँदै छ । विभिन्न देशका प्रहरी प्रमुख सहभागी हुने सम्मेलनमा आइजिपी थापा, अपराध अनुसन्धान विभागका एआइजी प्रद्युम्न कार्की, इन्टरपोल शाखाका अधिकारीलगायत प्रहरी अधिकारी टर्की जान लागेका हुन् । 

महानिरीक्षक थापाको भ्रमणका लागि सरकारले गत महिना नै स्वीकृति दिइसकेको छ । सम्मेलनमा सीमापार अपराध अनुसन्धानका सहकार्यसम्बन्धी विषयमा छलफल हुने प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले बताए ।
 

ad
ad