मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक २२ सोमबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक २२ सोमबार १७:o६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आन्दोलनलाई कमजोर बनाउने गरी भ्रमपूर्ण प्रचार नगर्न नेपाल बारको चेतावनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक २२ सोमबार १७:o६:oo

नेपाल बार एसाेसियसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै भइरहेको आन्दोलनलाई लिएर भ्रमपूर्ण प्रचार नगर्न चेतावनी दिएको छ। बारले आज विज्ञप्ति निकालेर आन्दोलन भइरहेको समयमा सरोकारवालाहरूको ध्यान मोड्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भएको प्रचारलाई लिएर ध्यानाकर्षण भएको जनाएको हो।

‘पवित्र उद्देश्यबाट गरिएको यो महत्वपूर्ण आन्दोलनको कार्यक्रमबाट सरोकारवालाहरूको ध्यान अन्यत्रै मोड्ने दूषित मनसायका साथ नेपाल बार एसाेसियसनका पदाधिकारी सदस्यहरूले आफू र आफ्ना परिवारका सदस्यहरूलाई न्यायाधीश वा अन्य निकायमा नियुक्ति लिनका लागि सौदाबाजीस्वरूप ने.बा.ए.ले प्रधानन्यायाधीशविरुद्ध आन्दोलन गरेको, अन्य कसैको कुत्सित अभिष्ट पूरा गराउन गोटी बनेको भन्नेलगायतका झुठा, अनर्गल आरोपहरू केही अनलाइन पत्रिका तथा सामाजिक सञ्जालमा आएकोप्रति गम्भीर चासो, सरोकार र असहमति व्यक्त गर्दछौँ,’ बारका महासचिव अधिवक्ता लिलामणि पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

बारले आफ्नो परम्पराअनुसार सल्लाहकार समितिको सुझाब, बार एकाइहरूको सुझाब र न्यायपालिकामा बढ्दो विकृति, विसंगति, भ्रष्ट्राचार, बिचौलियाको बिगबिगीलाई मध्यनजर गरी विरोध र आन्दोलनका कार्यक्रमहरू गर्दै आएको उल्लेख गरेको छ।