मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ कार्तिक २२ सोमबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक २२ सोमबार o६:o७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नबिल बैंकले पायो ग्लोबल एसएमई फाइनान्स अवार्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक २२ सोमबार o६:o७:oo

नबिल बैंक लिमिटेडले ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड–२०२१’ पाएको छ । बैंकले एसएमई फाइनान्स र अफ द इयर–एसियाअन्तर्गत विशिष्ट सम्मान पाएको हो । यो सम्मान विश्व बैंकको सदस्य अन्तर्राष्ट्रिय वित्त संस्था (आइएफसी) र एसएमई फाइनान्स फोरमद्वारा आयोजित र वित्तीय समावेशीकरणका लागि जी–ट्वान्टीको ग्लोबल साझेदारी (जिपिएफआई)द्वारा अनुमोदित ग्लोबल एसएमई फाइनान्स पुरस्कार भएको बैंकले जनाएको छ । आइएफसी र एसएमई फाइनान्स फोरमले नबिल बैंकलाई गत आवमा एसएमई क्षेत्रमा हासिल गरेको प्रगतिलाई पहिचान गरी सम्मान दिएको बैंकको दाबी छ । 

कोभिड–१९ को महामारीबाट राष्ट्रिय अर्थतन्त्र प्रभावित भइरहेको अवस्थामा बैंकले रणनीतिक रूपमा एसएमई क्षेत्रको उत्थानमा ध्यानकेन्द्रित गरेको जनाएको छ । यसका लागि सक्रियतापूर्वक आफ्नो व्यवसाय प्रक्रियालाई नवीनतम नीति तथा प्रक्रियामार्फत एसएमई क्षेत्रलाई सरल, सहज र चुस्त रूपमा कर्जा उपलब्ध गराउँदै आएको बैंकको भनाइ छ । 

सम्मानित भएसँगै प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले नबिल बैंकले कोभिड–१९ का कारण कठिनाइ सामना गरिरहेका एसएमई क्षेत्रलाई वित्तीय पहुँच पुर्‍याउन प्राथमिकताका साथ काम गरिरहेको बताए । बैंकिङ कार्यविधिलाई प्रविधिको प्रयोगमार्फत तथा रणनीतिक योजनालाई परिवर्तन गर्दै एसएमईलाई वित्तीय पहुँच पुर्‍याउन ध्यानकेन्द्रित गरेको उनको भनाइ थियो । अघिल्लो महिना पनि बैंकले एसियाली विकास बैंक (एडिबी)बाट सन् २०२१ का लागि नेपालको अग्रणी साझेदार बैंकका रूपमा मान्यता पाएको जनाइएको छ ।