१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक २१ आइतबार १२:१२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विद्युत् व्यापारको बाटो खुल्यो : ऊर्जामन्त्री भुसाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक २१ आइतबार १२:१२:००

ऊर्जा, जलस्राेत तथा सिँचाइमन्त्री पम्फा भुसालले भारत र बंगलादेशलगायतका छिमेकी देशहरूलाई विद्युत् बिक्रीको बाटो खुलेको बताएकी छिन्। न्युज एजेन्सी नेपालसँगको कुराकानीमा मन्त्री भुसालले भारतसँग विद्युत् व्यापार सुरु भइसकेको र बंगलादेशसँग सकारात्मक ढंगले कुरा अघि बढिरहेको बताएकी हुन्। उनले भारतमा विद्युत् व्यापारको सुरुवात भइसकेको बताउँदै यसप्रकारको व्यापार दक्षिण एसियाकै पहिलो भएको बताइन्। मन्त्री भुसालले जलविद्युत् क्रमशः बढ्दै गएको आन्तरिक खपत बढाउनुपर्ने बताउँदै विद्युत् व्यापारले देशकै व्यापार घाटाको अवस्थामा सुधार गर्ने धारणा राखिन्।

मन्त्री भुसालले भान्सामा प्रयोग हुने एलपी ग्यासलगायतका ऊर्जाहरूलाई विद्युतले विस्थापित गर्न सके देशको व्यापार घाटा कम हुने प्रस्ट पारिन्। उनले नेपाल कृषिप्रदान देश भएकोले सतह सिँचाइ, ग्राउन्ड वाटर, वा लिफ्ट सिँचाइ गरेर खेतीयोग्य जमिनमा सिँचाइ पुर्‍याउने बताइन्। मन्त्री भुसालले उद्योगहरूलाई अब चाहिएजति विद्युत् दिन सक्ने बताउँदै ऊर्जा खपत गर्ने उद्योगलाई नयाँ सोचका साथ अघि आउन पनि आग्रह गरिन्। उनले आन्तरिक खपतको लागि विद्युत् महसुल घटाएको बताइन्।