१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक १९ शुक्रबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ कार्तिक १९ शुक्रबार o७:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

आज तिहारको चौथो दिन : गाई र गोरुको पूजा गरी मनाइँदै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ कार्तिक १९ शुक्रबार o७:१७:oo

आज यमपञ्चक अर्थात् तिहारको चौथो दिन । आज गाईतिहार, गाईको पूजाआजा गरी मनाइँदै छ । गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट जस्तै माया पाइने धार्मिक विश्वासका साथ पूजा गरी गाई तिहार मनाइएको हो । वैदिक सनातन संस्कृति र ओमकार परिवारले गाईलाई आमाका रूपमा पूजा गर्ने गर्दछन् ।

हरेक वर्ष तिहारमा गाईको पूजा गर्ने गरिन्छ । यस वर्ष आज नै गोरुतिहार पनि परेको छ । तिथिहरूको घटबढका कारण यो वर्ष गाई र गोरुतिहार एकै दिन परेको छ । गाई जगतजननी भएकाले पनि सनातन संस्कृतिअनुसार पूजा गर्ने गरिएको सर्वसाधारण बताउँछन् । गाईको दूध, गहुँत, गोबर पवित्र हुने भएकाले पनि गाईको पूजा गर्ने गरिएको सर्वसाधारणको भनाइ छ ।

आधुनिक विज्ञानले समेत स्थानीय गोरस विभिन्न रोगहरूमा अचुक औषधिका रूपमा प्रयोग गर्दा मानव स्वास्थ्यलाई फाइदा पुग्ने भनी अनुसन्धानबाट प्रमाणित गरेपछि गाईको महत्व अझ बढेको छ ।  आजैका दिन बेलुकी घरघरमा ‘देऊ शुभ’ भनी देउसी खेल्ने गरिन्छ । 

 

ad
ad
ad
ad