मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक १७ बुधबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक १७ बुधबार १२:२५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानन्यायाधीश नेताजसरी ‘पावर पोलिटिक्स’मा लागे : टीकाराम भट्टराई 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक १७ बुधबार १२:२५:oo

नेपाल बारका पूर्वउपाध्यक्ष टीकाराम भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा राजनीतिक दलका नेताजसरी पावर पोलिटिक्समा लागेको आरोप लगाएका छन्।  उनले विभिन्न १२ कारण देखाउँदै न्यायाधीश पूर्ण रूपमा असफल भएको बताए। संवैधानिक परिषद्को मुद्दामा सुनुवाइ ढिलाइ, रञ्जन कोइराला प्रकरण, मुद्दा र न्यायाधीश तोक्ने काम अपारदर्शी भएको, न्यायिक विचलन गरेकोलगायतका कारण उनले देखाए। 

प्रधानन्यायाधीशले राजनीतिक नेताको जस्तो भाषा बोल्न थालेको आरोप उनको छ। ‘नैतिकताका आधारमा बस्नुपर्ने पदमा नेताले जसरी म संवैधानिक तवरबाट मात्रै बाहिरिन्छु भन्न थाले,’ उनले भने। जबरालाई पदमा  बसिरहने कानुनी, नैतिक र संवैधानिक आधार नभएको उनको भनाइ छ। उनले जबरालाई जनमत लिनसमेत चुनौती दिँदै त्यसका लागि आफूहरू तयार भएको बताए।