१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक १६ मंगलबार
  • Wednesday, 26 June, 2024
२o७८ कार्तिक १६ मंगलबार १o:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

रिस पोख्न न्यायालयमा ओलीले वितण्डा मच्चाए : माधव नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक १६ मंगलबार १o:o९:oo

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले अदालतले केपी ओलीले  गरेको संसद् भंगको रिस पोख्न यतिवेला न्यायालय लथालिंग पार्न सक्रिय भएको आरोप लगाएका छन् । सोमबार रौतहको चन्द्रनिगाहपुरमा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले अदालतमा भइरहेको वितण्डा ओलीले मच्चाएको बताउँदै सरकारमा सहभागी दल यो समस्या हल गर्न चाँडै लाग्ने बताए । उ

उनले कसैले चाहँदैमा अहिलेको अवस्थामा अर्ली इलेक्सन हुन नसक्ने बताए । तीन तहको निर्वाचन एकैपटक हुन नसक्ने भन्दै नेपालले पहिला स्थानीय तहको निर्वाचन हुनुपर्नेमा जोड दिए । लुम्बिनी प्रदेशबाहेक अन्य प्रदेशमा आफ्नो पार्टीले केपी ओलीको पार्टीलाई धुलो चटाउने काम गरेको दाबी गर्ने अध्यक्ष नेपालले अबको निर्वाचनमा सरकारमा सहभागी दलको गठबन्धनले गठबन्धन गरेरै निर्वाचनमा ओलीलाई धुलो चटाउने दाबी गरे ।

केपी ओलीले विकासको नाममा हावा कुरा गरेर जनतामा भ्रम पैदा गरेको बताउँदै अध्यक्ष नेपाले अब जनताले केपी ओलीका हावा कुरामा विश्वास नगर्ने बताए । पार्टी विभाजनपछि नेपाल पहिलोपटक गृह जिल्ला रौतहट आएका हुन् । 

ad
ad
ad
ad