निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ जेठ १३ शुक्रबार
  • Friday, 27 May, 2022
तिवारी यादव वीरगन्ज
२०७८ कार्तिक १४ आइतबार १७:१२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जसपामाथि प्रहार गर्नेहरू आफैँ ध्वस्त भएका छन् : अध्यक्ष यादव

Read Time : < 1 मिनेट
२०७८ कार्तिक १४ आइतबार १७:१२:००

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले आफ्नो पार्टीलाई पटकपटक प्रहार गर्नेहरू आफैँ ध्वस्त भएको बताएका छन्। केही समय पहिले यही पार्टीका नेतालाई उचालेर ध्वस्त पार्न खोज्ने केपी शर्मा ओलीसहितका अवसरवादी आफैँ  ध्वस्त भएको उनको दाबी छ। 

जनता समाजवादी पार्टी पर्साले आयोजना गरेको शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष यादवले जनता समाजवादी पार्टीलाई सहिदहरूले बलिदानी दिएर बनाएकाले यो पार्टी यतिकै नसकिने दाबी गरे। 

व्यक्तिगत स्वार्थले पार्टी निर्माण नभएकाले अगामी निर्वाचनमा पार्टीलाई एक नम्बरको बनाउन संगठन विस्तार गरिने उनको भनाइ छ। उनले जनता समाजवादी पार्टीको झन्डा साधारण कपडा नभएको र यो सहिदको सपनाले बनेकोले यसलाई कमजोर नबुझ्न चेतावनी दिए। 

जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी समिति सदस्य एवं प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सबै वर्ग, क्षेत्र, समुदाय र लिंगलाई समेट्ने पार्टीको रूपमा जसपा नै रहेको बताए। देशका सबै पार्टीहरूको संयुक्त प्रयासमा वर्तमान संविधान संशोधन गरी नयाँ ढंगले संघीय व्यवस्था स्थापना गर्नुपर्ने बताएका छन्।

उनले जनता समाजवादी पार्टीप्रति दिनदिनै लहर बढ्दै आएकाले आउने दिनमा जिल्लामा पार्टीको झन् राम्रो नतिजा आउने दाबी गरे।