मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक १४ आइतबार
  • Thursday, 19 December, 2024
२o७८ कार्तिक १४ आइतबार १६:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मलामी गएका युवा कालीगण्डकीमा डुबेर बेपत्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक १४ आइतबार १६:२७:oo

गुल्मीको चन्द्रकोट गाउँपालिका– ८ का एक युवक कालीगण्डकीमा डुबेर बेपत्ता भएका छन्। चन्द्रकोट गाउँपालिका– ७ का ७६ वर्षीया थानेश्वर न्यौपानेको मलामी गएका १९ वर्षीय शंकर पौडेल कालीगण्ढकीमा डुबेर बेपत्ता भएका हुन्।

पौडेल आइतबार दिउँसो सत्यवती गाउँपालिका– १ रुद्रबेनीघाटमा नुहाउने क्रममा कालीगण्डकीमा डुबेका हुन्। अहिले इलाका प्रहरी कार्यालय जोहाङका प्रहरी निरीक्षक लक्ष्मण विक र इलाका प्रहरी कार्यालय रिडीका प्रहरी निरीक्षक सुवराज बम नेतृत्वको प्रहरी टोली र स्थानीयले खोजीकार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख गोपालचन्द्र भटराईले जानकारी दिए।

जमेको पानीमा गहिरो रहमा डुबेको आशंका भए पनि प्रहरीलाई खोज्न समस्या परिरहेको भट्टराईले बताए। उनले प्रहरीको प्रयास असफल भए गोताखोर मगाएर भए पनि खोजीकार्य अगाडि बढाउने बताए।