१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक ११ बिहीबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक ११ बिहीबार २o:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

एमालेले १०औँ महाधिवेशनका लागि १५ सय ३६ प्रतिनिधि चयन गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक ११ बिहीबार २o:१८:oo

प्रमुख प्रतिपक्षी दल एमालेले देशभरका सात लाख २१ हजार पार्टी सदस्यबाट १०औँ महाधिवेशनका लागि १५ सय ३६ प्रतिनिधि चयन गर्ने भएको छ। बिहीबार बसेको स्थायी कमिटी बैठकले महाधिवेशन प्रतिनिधिबारे निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। उनका अनुसार समावेशी र खुला प्रतिस्पर्धाबाट चयन हुनेछन् । 

हरेक निर्वाचन क्षेत्रबाट एक हजार पाँच सय पार्टी सदस्यबाट तीनजना प्रतिनिधि चयन हुनेछन् । भूगोलबाट ११ सय ९६ जना प्रतिनिधि छानिनेछन्।  गैरभूगोलबाट ३४० जना प्रतिनिधि चयन हुनेछन्। 

स्थायी कमिटी बैठकको निर्णय शुक्रबार बस्ने केन्द्रीय कमिटी बैठकमा प्रस्तावको रूपमा राखिने ज्ञवालीले बताए।

ad
ad
ad
ad