१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
गणेश लम्साल विराटनगर
२०७८ कार्तिक ११ बिहीबार १६:३९:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

संसद्लाई थप नागरिकमैत्री बनाउने प्रदेश सभामुखको प्रतिबद्धता

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७८ कार्तिक ११ बिहीबार १६:३९:००

प्रदेश १ सभाका सभामुख प्रदीपकुमार भण्डारीले संसद्को खुलापनका लागि पारदर्शी र असल अभ्यास बढाएर नागरिकमैत्री बनाउन आफूहरू प्रतिबद्ध भएर लागिपर्ने बताएका छन्। बिहीबार संसदीय पत्रकार मञ्च प्रदेश १ ले आयोजना गरेको अन्तर्क्रियामा सभामुख भण्डारीले यस्तो प्रतिबद्धता जनाएका हुन्।

प्रदेश १ संसद् अन्य प्रदेशको भन्दा खुला र नागरिकमैत्री रहेको दाबी गर्दै भण्डारीले संसद् भनेको सहमति र अभ्यास  भएकोले आगामी दिनमा अझै असल अभ्यासहरूलाई बढाएर लैजाने बताए। संसद्लाई नागरिकमैत्री बनाउनकै लागि आफूले केही बैठकहरू सरकारका मन्त्रीबेगर पनि चलाएको स्मरण गर्दै उनले सबैले इमानदारीपूर्वक जिम्मेवारी पूरा गर्नुपर्ने बताए।

संसद् नागरिकमैत्री बनाउन सांसदहरूको सुझाव  
मुख्य प्रतिपक्षी दल कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले संसदमा आमनागरिकहरूको सोझै प्रवेश गर्न दिने व्यवस्था गर्नु उचित हुने बताए। उनले असल संसद्को अनुभूति सांसद र सरकारका मन्त्रीहरूले मात्र नभएर आमनागरिकहरूले गर्न पाए मात्र नागरिकहरूको सर्वोच्च संस्था हुने बताए।

जनता समाजवादी पार्टीका नेता जयराम यादवले संसद्को गतिविधि इन्टरनेट मात्र नभएर रेडियो र टिभीहरूबाट प्रसारण गर्दा प्रभावकारी हुने धारणा राखे। संघीय लोकतान्त्रिक मञ्चकी नेता विष्णु तुम्बाहाम्फेले मिडियाले पुरुष सांसद र ठूला दलहरूको मात्र कुरा नभएर सबैको समाचारहरू भाषा र जातीय समावेशिताको आधारमा सम्प्रेषण गर्नुपर्ने बताइन्।