१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार १३:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बोक्सी आरोपमा महिलालाई कुटपिट गरेको अभियोगमा एक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १३:५८:oo

बोक्सी आरोपमा महिलालाई कुटपिट गर्ने सिराहाका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका– १० पर्चिलवाका रामविलाश यादव रहेका छन्। कल्याणपुर– १० की ५३ वर्षीया सेमादेवी चमारलाई बोक्सी आरोपमा यादवले कुटपिट गरेको अभियोग लगाइएको छ।

पीडितको जाहेरीका आधारमा यादवलाई कल्याणपुर बजारबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए। महिलाले बोक्सीको आरोप लगाई कुटपिट गर्दै अमानवीय र अपमानजनक व्यवहार गरेको जनाउँदै यादवविरुद्ध गत भदौ १७ गते जाहेरी दिएकी थिइन्। रासस

ad
ad