मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक ११ बिहीबार
  • Thursday, 19 December, 2024
निनाम कुलुङ ‘मंगले’
२o७८ कार्तिक ११ बिहीबार o७:२६:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

सुधारको बाटोमा नेपाली पर्यटन

कोभिड महामारीबीच सन् २०२० मा विदेशी पर्यटकले नेपालमा गर्ने प्रतिदिन प्रतिव्यक्ति दैनिक खर्च र उनीहरूको नेपाल बसाइ अवधि बढेको देखिनु सकारात्मक छ

Read Time : > 2 मिनेट
निनाम कुलुङ ‘मंगले’
नयाँ पत्रिका
२o७८ कार्तिक ११ बिहीबार o७:२६:oo

नेपालको वर्तमान पर्यटनको अवस्थाबारे केही लेख्नुअघि विश्व पर्यटन र विश्वमा पर्यटन व्यवसाय कसले र कहिले संस्थागत ढंगले सुरु गरे भन्नेबारे केही प्रस्ट पार्ने प्रयास गरौँ । विश्वमा संस्थागत ढंगले पर्यटन व्यवसाय सुरु गर्ने काम बेलायतका नागरिक थोमस कुकले गरेको मानिन्छ । उनले सन् १८४१ मा बेलायतका पाँच सय नागरिकलाई पर्यटकका रूपमा रेलमार्फत  आफ्नै देशको लेइस्चरदेखि लोउफब्रोसम्मको भ्रमण गराएका थिए । यसरी थोमस कुकले संगठित रूपमा ‘ट्राभल बिजनेस’ सुरु गरेका थिए ।

तर, सुरुमा कुकले दीर्घकालीन योजनाविनै भ्रमण व्यवसाय सुरु गरेकाले सुरुमा उनले नाफा होइन, घाटा खाए । हुन पनि घाटाको व्यापार कति समयसम्म गर्न सकिन्छ र ? अतः उनले यसबाट पाठ सिकेर फेरि कमिसनका आधारमा ‘ट्राभल बिजनेस’ सुरु गरे । सुरुमा उनले लागत खर्चबाहेक पाँच प्रतिशत (खुद नाफा) कमिसन खान्थे । उनले विगतको घाटाको व्यापारबाट पाठ सिकेर सन् १८४५ मा फेरि पाँच प्रतिशत कमिसन खाएर व्यवसाय सुरु गरेपछिका दिनमा पछाडि फर्केर हेर्नुपरेन । यसरी विश्व पर्यटनको इतिहास हेर्दा आजको समयमा आइपुग्दा लगभग एक सय ८१ वर्ष पुगेको छ । त्यसयता विश्वका अधिकांश देशका हजारौँ होइन, करोडौँ होइन, अर्बाैं–अर्ब मानिसले विश्वका प्रायः सबै देशको पर्यटकीय स्थल, हिमाल, पहाड, ऐतिहासिक स्थल, धार्मिक स्थल, सांस्कृतिक स्थल, प्राचीन स्मारक, ऐतिहासिक किल्ला, गढी, मनोरम स्थलहरू तथा मानवनिर्मित कृत्रिम स्थल आदिको भ्रमण गरिसकेका छन् ।   

नेपालमा भने सन् १९९० को प्रजातान्त्रिक परिवर्तनसँगै पर्यटनले केही बढी महत्व पाएको मान्न सकिन्छ । त्यसपछि बनेका सरकारले आर्थिक उदारीकण र खुला अर्थ व्यवस्थाको वकालत गरेको थियो । तापनि नेपालको पर्यटनका लागि सरकारी तवरबाट गर्व गर्नलायक काम भने भएनन् । तत्कालीन सरकारले नेपालको पर्यटन क्षेत्रका लागि केही गरेन त ? प्रश्न उठ्छ । हो, नेपालको पर्यटन क्षेत्रमा तत्कालीन सरकारले देखिने गरी गरेको काम ‘नेपाल पर्यटन बोर्ड’को गठन एक हो ।

कोभिड महामारीबीच सन् २०२० मा विदेशी पर्यटकले नेपालमा गर्ने प्रतिदिन प्रतिव्यक्ति दैनिक खर्च र उनीहरूको नेपाल बसाइ अवधि बढेको देखिनु सकारात्मक छ 
 

 पछिल्लो समय नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या लगातार बढिरहेकै थियो । बरु नेपाल आउने पर्यटकले गर्ने प्रतिव्यक्ति प्रतिदिन दैनिक खर्च र प्रतिदिन प्रतिव्यक्ति नेपाल बसाइ अवधिमा भने खासै सुधार हुन सकेको थिएन, छैन । तथापि सन् २०२० मा विदेशी पर्यटकले नेपालमा गर्ने प्रतिदिन प्रतिव्यक्ति दैनिक खर्च र उनीहरूको नेपाल बसाइ अवधि बढेको देखिन्छ । पर्यटन विभागले केही समयअघि सार्वजनिक गरेको ‘नेपाल टुरिजम स्टाटिस्टिक–२०२०’ नामक किताबमा उल्लेख भएअनुसार सन् २०२० मा नेपाल घुम्न आएका विदेशी पर्यटकको बसाइ अवधि १५.१ दिन र प्रतिव्यक्ति प्रतिदिन खर्च गराइ ६५ अमेरिकी डलर रहेको छ । विश्वका प्रायः सबै देश र ती देशका आमसर्वसाधारणबीच ‘त्राही माम, त्राही माम !’ को अवस्थामा रहेको कोरोनाको महामारी (कोभिड–१९) ठीक अवस्थामा फर्किएपछि नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या बढाउने दायित्वका साथै गुणस्तरमा अभैm सुधार ल्याउन के गर्ने भन्ने सम्बन्धमा समय छँदै हामीले बहस र छलफल गरेर अघि बढ्नुपर्ने देखिन्छ । 

हुन पनि सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए भने सन् २०२० मा जम्मा दुई लाख ३० हजार ८५ विदेशी पर्यटकले मात्रै नेपाल भ्रमण गरेको तथ्यांक छ । चालू आर्थिक वर्षको आठ महिना बित्दा ६६ हजार हाराहारी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यही आधारमा हेर्दा सन् २०२१ को बाँकी चार महिनामा आठ महिनाकै दरमा विदेशी पर्यटक आउने हो भने यो वर्ष विदेशी पर्यटकको संख्या एक लाख पनि नपुग्न सक्छ । तैपनि, नेपाल सरकारले विदेशी पर्यटकका लागि ‘अन–अराइभल भिसा’ नीति लागू गरेको र ‘भ्याक्सिनेसन भइसकेका विदेशी पर्यटकलाई थप क्वारेन्टाइनमा बस्नु नपर्ने’ नीति लिएको हुँदा र विश्वमै कोरोना महामारीको दर पनि केही घट्दै गएकाले राम्रै नतिजाको आशा गरौँ ।
[email protected]