सेयर बजारमा बुधबार १८ अंकको सुधार आएको छ । नाफा बुक गर्ने प्रतिस्पर्धाबीच सेयर बजार सकारात्मक बनेको हो। झन्डै २४ सयसम्म पुगेको नेप्से आइतबारबाट निरन्तर उकाले लागेर दुई हजार ७६९.१३ बिन्दुमा पुगेर रोकिएको छ। दिनभरजसो बजारमा उतारचढाव भएको थियो। बजार बढ्दा लगानीकर्ताहरूको ध्यान नाफा बुक गर्नेतर्फ लागेको देखिन्छ ।
यस दिन बेस्ट फाइनान्स, एनआइसी एसिया लघुवित्त, गुह्वेश्वरी मर्चेन्ट बैंक, मानुषी लघुवित्त वित्तीय संस्था, गुराँस लाइफ इन्स्योरेन्स, लुम्बिनी जनरल इस्योरेन्स, नारायणी जनरल इस्योरेन्स, राधी विद्युत् कम्पनीको सेयर मूल्य सो दिन ९ प्रतिशतदेखि ५ प्रतिशतसम्मले बढेको छ।
सामान्य अंकले बढेको नेप्सेमा एभरेष्ट बैंक, रैराङ हाइड्रो डेभपलमेन्ट, आँखु खोला जलविद्युत् परियोजना, सिँगटी हाइड्रो इनर्जी, सिँगटी हाइड्रोपावर, सानिमा लार्ज क्याप फन्डको सेयर ५ प्रतिशतदेखि २ प्रतिशतसम्मले गिरावट आएको छ।