१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक १० बुधबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ कार्तिक १० बुधबार o७:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

अब कस्तो विकल्पमा जाने ? संघर्षरत न्यायाधीशहरू रणनीति बनाउँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ कार्तिक १० बुधबार o७:३४:oo

सामूहिक धारणा बनाउन आज ११:३० बजे बैठक बस्दै

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा नदिने अड्डी कसेपछि सहकर्मी न्यायाधीशहरू आगामी कदमबारे छलफलमा जुटेका छन् । औपचारिक रूपमै इजलास बहिष्कार गर्ने, अदालतमै नआउने, भद्र विरोध जनाउने वा अन्य विकल्पमा जाने भन्ने विषयमा उनीहरूले छलफल गर्ने बताएका छन् । बुधबार यसबारे सामूहिक धारणा बनाउन उनीहरू बैठक बस्दै छन् । 

मंगलबार जबरासँग आधा घन्टा छलफल गरेर बाहिरिएका न्यायाधीशहरूले केहीबेर बैठक बसेका थिए । जबराको नेतृत्वमा न्यायपालिका चल्न नसक्ने निष्कर्षलाई सार्थक परिणामसम्म पुर्‍याउन निरन्तर लाग्ने उनीहरूको निर्णय छ । यही विषयमा औपचारिक धारणा बनाउन उनीहरू बुधबार बिहान ११:३० बजे पनि बैठक बस्दै छन् ।

‘अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफलमै छौँ । भोलि बिहान पनि बैठक बस्छौँ । हाम्रो निष्कर्ष उहाँ (जबरा)को नेतृत्वमा न्यायपालिका चल्न सक्दैन भन्ने हो, त्यसमा हामी प्रस्ट छौँ,’ एक न्यायाधीशले भने । जबरालाई राजीनामाका लागि दबाब दिन नियमित इजलास बहिष्कार गर्ने न्यायाधीशहरूको रणनीति छ । 

ad
ad
ad
ad