मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ कार्तिक ९ मंगलबार
  • Friday, 28 August, 2026
सांकेतिक तस्बिर।
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक ९ मंगलबार १२:३o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडौंमा बहालमा बस्ने व्यक्तिको कोठाबाट पेस्तोल र गोली बरामद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक ९ मंगलबार १२:३o:oo

प्रहरीले काठमाडौंमा डेरा गरी बस्ने एक व्यक्तिबाट पेस्तोल र गोली बरामद गरेको छ। काठमाडौं महानगरपालिका– २६ कपुरधारा डेरा गरी बस्ने ३४ वर्षीय मिलनकुमार राईको कोठाबाट एक थान पेस्तोल, सोही पेस्तोलको चार राउन्ड गोली, दुई थान म्यागजिन, एक थान खुकुरी, विभिन्न किसिमका छाप तथा कागजपत्रहरू बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीले सोमबार दिउँसो उक्त सामान बरामद गरेको हो। मिलन सात महिनासम्म कोठामा आएका थिएनन्। सोमबार प्रहरी, जनप्रतिनिधि र स्थानीयको रोहवरमा उनको कोठा खाली गरिएको थियो। कोठा खाली गर्ने क्रममा झोलाभित्र उक्त हतियार र विभिन्न कागजपत्रहरू बरामद भएको हो।  प्रहरीको सम्पर्कबाहिर रहेका मिलनको खोजी भइरहेको प्रहरीले जनाएको छ।