१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक ८ सोमबार
  • Monday, 01 July, 2024
२o७८ कार्तिक ८ सोमबार ११:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

जहाज टिकट नपाउँदा एयरपोर्टबाटै बिरामी फर्काइयो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक ८ सोमबार ११:२८:oo

जिल्ला अस्पताल हुम्लाबाट रिफर गरिएको बिरामीका आफन्तले टिकट नपाएपछि एयरपोर्टबाटै बिरामी फर्काइएको छ । खार्पुनाथ गाउँपालिका– १ प्युसका ६० वर्षीय वीरजित शाही दीर्घरोगका बिरामी थिए । उनको उपचारका लागि छोरा दीर्घ शाहीले सुर्खेत लैजानका लागि तारा एयरको टिकट काटेका थिए ।

तर, बिरामी वीरजित शाहीले मात्र टिकट पाए । उनको छोराले टिकट नपाएपछि उनीहरू हुम्ला विमानस्थलबाट फर्किन बाध्य भए ।‘बिरामी बुबालाई कसको साथ लगाएर अस्पताल पठाउने ? त्यसैले हामी फर्कियौँ‍’ दीर्घले गुनासो गरे । हुम्लामा नियमित उडान नहुँदा स्थानीयले सास्ती खेप्दै आएका छन् । 


 

ad
ad
ad
ad