मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ कार्तिक ६ शनिबार १०:३७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष  रामानन्द गुप्ताको निधन

Read Time : < 1 मिनेट
२०७८ कार्तिक ६ शनिबार १०:३७:००

नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष ५८ वर्षीय रामानन्दप्रसाद गुप्ताको निधन भएको छ । उच्च रक्तचापका कारण मस्तिष्कघात भएर उपचारको क्रममा उनको शनिबार बिहान साढे २ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । गत बुधबार मस्तिष्कघात भएपछि विराटनगरको न्युरो अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।

चिकित्सकले स्वास्थ्य अवस्था जटिल भएको बताएपछि परिवारजनले गुप्तालाई अक्सिजन दिएर लहानस्थित घरमा ल्याएका थिए । स्वास्थ्यमा थप समस्या देखिएपछि शुक्रबार साँझ लहानकै राउ स्मारक अस्पताल लगिएको थियो । त्यहाँबाट राती पुनः विराटनगर लगिएको थियो ।

२०४६ सालदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहेका वरिष्ठ पत्रकार गुप्ता नेपाल पत्रकार महासंघ सिराहा शाखाको संस्थापक सदस्यसमेत थिए । उनी नेपाल पत्रकार महासंघ सिराहा शाखाको एक कार्यकाल सभापतिसमेत बनेका थिए । उनको एक पत्नी, दुई छोरा र एक छोरी छन् ।