१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १८:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

नेकपा एकीकृत समाजवादीले एक महिनामा के–के गर्‍यो ? 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १८:५८:oo

नेकपा एकीकृत समाजवादीले राष्ट्रिय राजनीति तथा राष्ट्रिय जनजीवनका हरेक क्षेत्रमा पार्टीको उपस्थिति, चासो र क्रियाशीलता दिन प्रतिदिन बढ्दो रहेको जिकिर गरेको छ । पार्टी उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले शुक्रबार प्रेस वक्तव्य जारी गर्दै एकमहिने कार्यप्रगति सार्वजनिक गरेका हुन् । 

पार्टीले एक महिनाको बीचमा गरेको कामको विवरण उनले उल्लेख गरेका छन् । ७३ वटा भौगोलिक जिल्ला र ४ वटा गैरभौगोलिक जिल्ला कमिटी गठन भएको खतिवडाले जनाएका छन् ।  छोटो अवधिमै पार्टीका देशभरका कमिटी एवं जनसंगठनको विभिन्न तहका कमिटीमा लाखौँ युवा संगठित हुने लहर चलेको उनले दाबी गरेका छन् ।
 

ad
ad