१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक ५ शुक्रबार
  • Thursday, 03 July, 2025
२o७८ कार्तिक ५ शुक्रबार १७:२१:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

महानगर क्षेत्रमा पर्व लक्षित एकीकृत बजार अनुगमन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक ५ शुक्रबार १७:२१:oo

 तिहार तथा छठ पर्व लक्षित काठमाडौँ महानगर क्षेत्रको बजारलाई एकीकृत अनुगमनका माध्यमबाट व्यवस्थापन गरिने भएको छ । शुक्रबार काठमाडौँ महानगरकी उपप्रमुख तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक हरिप्रभा खड्गी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो।

एकीकृत बजार अनुगमनका क्रममा संयुक्त अनुगमन टोलीले खाद्यान्न, तरकारी, मरमसला तथा भाइ मसलाका सामान र फलफुल, फूल र मालासहित कृषिजन्य सामाग्री, माछा, मासु, दूध तथा दूग्धजन्य खाद्यबस्तुको मूल्य र गुणस्तरलाई अनुगमन गर्नेछ। उपप्रमुख खड्गीले अनुगमनका क्रममा सेवा र बस्तुको गुणस्तर तथा मूल्यलाई व्यवस्थित गर्ने लक्ष्य राखिएकाले उचित व्यापारिक क्रियाकलाप गर्नेलाई समस्या नपर्नेगरी अनुगमन गरिने बताएकी थिइन्।

‘अनुचित क्रियाकलाप गर्नेले उन्मुक्ति नपाओस् । तिहार र छठ पर्व लक्षित काठमाडौँ महानगर क्षेत्रको अनुगमनमा महानगरपालिकाले नेतृत्व गर्छ । वाणिज्य विभाग, जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नेपाल गुणस्तर तथा नापतौल विभागका प्रतिनिधि र उपभोक्ता अधिकारकर्मीसहितको संयुक्त टोली बनाएर अनुगमनमा निस्कौँ ।’ उपप्रमुख खड्गीको भनाई थियो।

बैठकमा दशैँका बेला महानगरपालिकाले गरेको अनुगमनको समीक्षा गरिएको थियो । समितिले पर्व विशेष अनुगमनसँगै नियमित अनुगमनलाई निरन्तरता दिने निर्णय गरेको छ ।