१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
एजेन्सी ढाका
२o८१ बैशाख २४ सोमबार ११:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

बंगलादेशमा दुर्गा पूजास्थलमा कुरान राख्ने व्यक्तिको पहिचान

Read Time : < 1 मिनेट
एजेन्सी ढाका
नयाँ पत्रिका ढाका
२o८१ बैशाख २४ सोमबार ११:३८:oo

बंगलादेशको कुमिल्ला सहरमा दुर्गापूजा पन्डालमा कुरान राखिदिने व्यक्तिको पहिचान भएको बताइएको छ। सिसिटिभी फुटेजको आधारमा ती व्यक्तिको पहिचान भएको त्यहाँका प्रहरी अधिकारीलाई उद्धृत गर्दै बिबिसी हिन्दीले उल्लेख गरेको छ।

दुर्गापूजाको पन्डालमा कुरान राखिएपछि बंगलादेशका हिन्दू मन्दिर, पन्डाल र घरहरूमा हमला भएको थियो। पछिल्लो एक हप्तामा भएको हिंसामा परी कम्तीमा सातजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

पहिचान भएका व्यक्तिको विषयमा यहाँको प्रहरीले कुनै जानकारी नदिए पनि स्थानीय सञ्चारमाध्यमले ती व्यक्तिको नाम प्रकाशित गरेका छन्। बंगलादेशको पत्रिका डेली अब्जर्भरले प्रहरी स्रोतलाई उद्धृत गर्दै अभियुक्त कुमिल्लाको सुजानगरका इकवाल हुसैन रहेको बताएको छ।

यसैगरी ढाका ट्रिब्युनले अभियुक्तकी आमा अमिना वेगमलाई उद्धृत गर्दै इकवाल लागुऔषध दुर्व्यसनमा फसेको र मानसिक स्थिति ठीक नरहेको उल्लेख गरेको छ।

ad
ad