Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक ३ बुधबार १७:४१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अनुसन्धान विभागमा जागिर लगाइदिने भन्दै ठगी गर्ने एक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक ३ बुधबार १७:४१:००

राष्ट्रिय अनुसन्धान विभागको अधिकृतको जागिर लगाइदिने भन्दै साढे १४ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । झापा सुरुंगा नगरपालिका– ३ का ३५ वर्षीय निलम भट्टराईलाई प्रहरीले पक्राउ गरेको हो।

महानगरीय अपराध महाशाखाका अनुसार उनले तनहुँ शुक्लागण्डकी नगरपालिका–  ३ की  ३० वर्षीया दुर्गा पौडेल न्यौपानेलाई विभागको अधिकृतको जागिर मिलाइदिने भन्दै १४ लाख पचास हजार रुपैयाँ लिएका थिए।

तालिमका लागि सिन्धुली जानुपर्ने भन्दै दुर्गालाई उनले काठमाडौंसमेत बोलाएका थिए । त्यसलगतै बेपत्ता भएका उनलाई महाशाखाबाट खटिएका प्रहरी टोलीले सुर्खेतको वीरेन्द्रनगरबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले आफूलाई नेपाल टेलिभिजनको पत्रकारसमेत भएको बताउँथे ।