१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक ३ बुधबार
  • Saturday, 29 June, 2024
२o७८ कार्तिक ३ बुधबार १o:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

लगातारको वर्षाबाट १९ जिल्ला प्रभावित : गृह मन्त्रालय 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक ३ बुधबार १o:३७:oo

गृह मन्त्रालयले अविरल वर्षाको कारण १९ जिल्लाहरू प्रभावित भएको जानकारी दिएको छ। मन्त्रालयका अनुसार मंगलबारसम्म कालिकोट, डडेल्धुरा, कञ्चनपुर, बझाङ, बर्दिया, कैलाली, डोटी, सुनसरी, दैलेख, दार्चुला, बाजुरा, सुर्खेतलगायतका १९ जिल्ला प्रभावित भएका हुन्।

मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार मंगलबारसम्ममा बाढीपहिरोबाट कालिकोटमा एकजना, डडेल्धुरामा एक, डोटीमा दुई, सुनसरीमा दुईजना गरी ६ जनाको मृत्यु भएको छ । यस अवधिमा पाँचजना घाइते, चारवटा घर पहिरोले पूर्ण क्षति भएको र  करिब पाँच सय घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । 

कतिपय जिल्लामा सञ्चार सम्पर्क, विद्युत् सेवा, सडक अवरोध भएको कारण उद्धार कार्यमा कठिनाइ भए तापनि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल राष्ट्रिय अनुसन्धान विभाग, प्रदेश सरकार, स्थानीय तहहरूको समेत सहयोगमा खोज तथा उद्धारलगायतका सम्पूर्ण प्रयास भइरहेको मन्त्रालयको भनाइ छ ।

मन्त्रालयले वर्षा अझै केही दिन कायम रहने जानकारी भएकाले तटीय र जोखिमयुक्त स्थानमा रहेकाहरूलाई उच्च सतर्कता कायम राख्न अनुरोधसमेत गरेको छ ।

ad
ad
ad
ad