मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक ३ बुधबार
  • Sunday, 05 January, 2025
२o७८ कार्तिक ३ बुधबार o६:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बेमौसमी वर्षाले  बेंसीसहर-चामे सडक पुन: अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक ३ बुधबार o६:२o:oo

बेमौसमी वर्षाका कारण बेंसीसहर–चामे सडक पुनः अवरुद्ध भएको छ । आइतबार साँझदेखि परेको निरन्तरको अविरल वर्षाले बेंसीसहर–चामे सडकको विभिन्न ठाउँमा पहिरो जाँदा  बेंसीसहर–चामे सडक पुनः अवरुद्ध भएको हो ।

हिमाली जिल्ला मनाङ जोड्ने एक मात्र बेंसीसहर–चामे सडकखण्डको नासों गाउँपालिकाको  खोत्रो, बगरछाप, निगालघारी र चामेको कोतोमा सडक पहिरोले अवरुद्ध भएको मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले बताए । उनले भने, ‘सोमबारदेखि बेंसीसहर–चामे सडक अवरुद्ध भएको छ । यस्तै, तिमाङखोला र स्याल्कु खोलामा निर्माण गरिएको अस्थायी काठेपुलसमेत बाढीका कारण भत्किएको छ ।

पहिरोले सडक अवरुद्ध भएपछि  सवारीसाधन आवतजावत गर्न नसक्दा बीचबाटोमै रोकिएका छन्।  असार १ को बाढीले अवरुद्ध बेंसीसहर–चामे सडक आइतबार चार महिनापछि सञ्चालनमा आएको थियो । आइतबार सञ्चालनमा आए पनि पुनः सोमबारदेखि अवरुद्ध भएको हो । सडक अवरुद्ध भएसँगै दसैँ बिदा मनाउन तिलिचो र थोरङला पुगेका पर्यटक मौसम खराब भएसँगै मनाङमै रोकिएका छन् ।

६५ किलोमिटरको बेंसीसहर–चामे सडकखण्ड लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर पर्छ । सडक विभागले आ.व. ०५१/०५२ मा बेंसीसहर–चामे सडक निर्माण थालेको थियो । द्वन्द्वका कारण सडक निर्माणमा कठिनाइ भएपछि ०५७ मा तत्कालीन शाही नेपाली सेनालाई जिम्मा लगाएको थियो । ०५२ मा निर्माण सुरु भएको सडक नेपाली सेनाले १९ वर्ष लगाएर ट्रयाक खोलेको थियो । यो सडक सेनाले ०६९ मा सडक विभागलाई हस्तान्तरण गरेयता स्तरवृद्धि हुन सकेको छैन ।