१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक २ मंगलबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक २ मंगलबार १३:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महर्जनको निधनप्रति विवेकशील साझाद्वारा शोक प्रस्ताव पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक २ मंगलबार १३:४३:oo

विवेकशील साझा पार्टीले आफ्ना केन्द्रीय सदस्य रमेश महर्जनको निधनले सिंगाे पार्टीपंक्ति स्तब्ध र मर्माहत भएको जनाएको छ। पार्टीको मंगलबार बसेको आकस्मिक केन्द्रीय समितिको बैठकले महर्जनको निधनप्रति गहिरो दुःख प्रकट गर्दै शोक प्रस्ताव पारित गरेको छ।

एक साताअघि कोभिड– १९ संक्रमण भएपछि ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत अवस्थामा महर्जनको सोमबार निधन भएको थियो। वि.सं. ०७४ मा तत्कालीन साझा पार्टी स्थापना हुँदा संस्थापक केन्द्रीय सदस्य रहेका महर्जन हाल उक्त पार्टीको केन्द्रीय सदस्य एवं व्यवसाय विभाग प्रमुखका रूपमा सक्रिय थिए। गत स्थानीय तहको निर्वाचनमा उनले पार्टीका तर्फबाट ललितपुर महानगरपालिकाको नगरप्रमुख पदका लागि प्रतिस्पर्धा गरेका थिए।

वि.सं. ०७२ को भूकम्पपछि उनले पाटनमा नेवाः वास्तुकलामा आधारित ‘पिलाछे’ पुनर्निर्माण तथा पर्यटन प्रवर्द्धन परियोजनाअन्तर्गत लगभग सयवटा घरको पुनर्निर्माणको परिकल्पना तथा नेतृत्व गरेका थिए।