मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ मङ्सिर ११ शनिबार
  • Saturday, 27 November, 2021
किरण दहाल काठमाडाैं
२०७८ कार्तिक २ मंगलबार ०७:२५:००
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

सिलवाल, ढुंगेल र रोकालाई हटाउने सरकारको निर्णय

Read Time : < 1 मिनेट
किरण दहाल, काठमाडाैं
२०७८ कार्तिक २ मंगलबार ०७:२५:००

सरकारले राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवाल, राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेल र युवा तथा साना रोजगार व्यवसायी कोषका कार्यकारी निर्देशक डा. कल्याण रोकालाई हटाउने नीतिगत निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

‘मन्त्रिपरिषद्ले उहाँहरूलाई स्पष्टीकरण सोधिसकेको हो, तर समयमै जवाफ पनि फर्काउनुभएन र पछि आएको जवाफ पनि चित्तबुझ्दो देखिएन । त्यसैले तीनैजनालाई हटाउनका लागि प्रक्रिया अगाडि बढाउने नीतिगत निर्णय भएको छ,’ एक मन्त्रीले भने, ‘रिक्त स्थानमा छिट्टै नयाँ नियुक्तिको प्रक्रिया अगाडि बढाइनेछ ।’ 

सिलवालसहित तीनैजनालाई पूर्ववर्ती एमाले नेतृत्वको सरकारले कार्यकारी प्रमुखमा नियुक्त गरेको थियो । तर, शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले उनीहरूको कार्यसम्पादन चित्तबुझ्दो नभएको भन्दै गत १४ असोजको मन्त्रिपरिषद् बैठकबाट स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

उनीहरूलाई पहिलो चरणमा मागिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको दाबी गर्दै सरकारले तीनैजनालाई हटाउने प्रक्रिया अगाडि बढाएको हो ।  बैठकले ग्लास्कोमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी वल्र्ड लिडर समिटमा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको प्रतिनिधिमण्डल सहभागी हुने निर्णय पनि गरेको कार्कीले बताए । आगामी १ देखि २ नोभेम्बरसम्म आयोजना हुने समिटमा सहभागी हुन प्रधानमन्त्री देउवा कात्तिक तेस्रो साता त्यसतर्फ प्रस्थान गर्नेछन् । 

बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन नियमावली, २०७८ लाई स्वीकृत गर्ने निर्णय गरेको छ । बुधबार (२ कात्तिक)मा पर्ने मोहम्मदजयन्तीमा मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय पनि बैठकले गरेको छ । मन्त्रिपरिषद्ले अबुधाबी डाइलगको छैटौँ मन्त्रीस्तरीय परामर्श बैठकमा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीलाई स्वीकृति दिने, विभिन्न मन्त्रालयमा अस्थायी दरबन्दी सिर्जना गर्न स्वीकृति दिने निर्णय गरेको मन्त्री कार्कीले बताए ।