१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज २६ मंगलबार
  • Sunday, 29 September, 2024
फाइल फोटो।
२o७८ असोज २६ मंगलबार ११:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हिरासतमा मृत्यु भएका हकिवको परिवारलाई क्षतिपूर्तिका लागि सिफारिस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज २६ मंगलबार ११:३५:oo

जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा आत्महत्या गरेका हकिव मियाँको परिवारलाई क्षतिपूर्तिका लागि गृह मन्त्रालयमा सिफारिस गरिएको छ। प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय सुनसरीमा सोमबार सम्पन्न सरोकारवालाको बैठकले सो सिफारिस गरेको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए।

भोक्राहा नरसिंह गाउँपालिका– ५ का  मियाँले गत आइतबार आत्महत्या गरेको बताइएको छ।  बैठकले हकिवले आत्महत्या गरेका विषयमा छानबिन गर्ने र कोही दोषी देखिए आवश्यक कारबाही गर्ने, घटनाको सत्यतथ्य सार्वजनिक गर्ने र सामाजिक सदभाव कायम गर्ने निर्णय गरेको सहायक प्रजिअ पोखरेलले बताए।

मृतक परिवार र प्रशासनबीच सहमतिपछि पीडित परिवारले शव बुझेका छन्। बैठकमा इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता, कोसी गाउँपालिकाका अध्यक्ष अयुव अन्सारी, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी, भोक्राहा नरसिंह गाउँपालिकाका कावा अध्यक्ष पुनमकुमारी मेहतालगायतको सहभागिता थियो।