मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज २६ मंगलबार
  • Saturday, 12 July, 2025
यम बम काठमाडौँ
२o७८ असोज २६ मंगलबार o८:४७:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

सरकारी सेवामा प्रवेश गर्नेको संख्या आठ वर्षयताकै कम

Read Time : > 1 मिनेट
यम बम, काठमाडौँ
नयाँ पत्रिका
२o७८ असोज २६ मंगलबार o८:४७:oo

लोकसेवाले तीन हजार सात सय ५४ पदमा विज्ञापन खोल्दा पाँँच लाख ३७ हजार आवेदन


सरकारी सेवामा प्रवेश गर्नेको संख्या पछिल्लो आठ वर्षयताकै न्यून कायम भएको छ । लोकसेवा आयोगले सरकारी सेवाका लागि गत आर्थिक वर्ष ०७७/७८ मा तीन हजार सात सय ५४ पदमा विज्ञापन आह्वान गर्दा जागिरका लागि एक सय ३८ जना मात्र सिफारिस भएका हुन् । जसमा ३१ जना महिला र एक सय सातजना पुरुष छन् । जब कि पाँच लाख ३७ हजार पाँच सय १७ को आवेदन परेको थियो ।

यसअघि सात वर्षयता सबैभन्दा कम आर्थिक वर्ष ०७६/७७ मा तीन सय चारजनाले मात्र जागिर पाएका थिए । ‘लोकसेवाको क्यालेन्डर प्रभावित थियो, त्यसैमा पद लुकाएर समायोजन गरेको र पछि विज्ञापन आह्वान गरिएको भन्दै धमाधम सर्वाेच्चमा मुद्दा परेपछि परीक्षा, अन्तर्वार्ता र सिफारिस नै रोकिएका छन्,’ लोकसेवा आयोगका प्रवक्ता तोयनारायण सुवेदीले नयाँँ पत्रिकासँग भने ।

‘कोभिडका कारण ०७६ कै परीक्षा हुन सकेको थिएन, ०७७ मा तोकिएकामध्ये पनि केही परीक्षा अहिले पनि हुन सकेका छैनन्,’ सुवेदीले भने, ‘चैतदेखि वैशाखसम्म पदाधिकारीविहीन हुँदा काम भएन, कोरोना कम भएसँगै परीक्षा सुरु गरेका थियौँ, तर अदालतबाट अन्तरिम आदेश आउन थालेपछि काम रोकिएको हो ।’ 

०७६ मा आह्वान भएको शाखा अधिकृतको विज्ञापनको परीक्षा असोज पहिलो साता तोकिएको थियो, तर कर्मचारी समायोजनका बखत संघमा दरबन्दी नरहेको भन्दै प्रदेशमा पठाएर फेरि संघमा विज्ञापन आह्वान भएको भन्दै दायर दर्जनौँ मुद्दामा धमाधम अन्तरिम आदेश जारी भएको छ । आयोगका अनुसार परीक्षा सम्पन्न भएर शाखा अधिकृतमा जागिर खान सिफारिस कुरिरहेकाको संख्या पाँच सय छ । त्यसबाहेक शाखा अधिकृत, नायव सुब्बा, इन्जिनियरिङतर्फका परीक्षा र अन्तर्वार्ता रोकिएका छन् । जुन संख्या एक हजारको हाराहारीमा छ । 

गत वर्ष सबैभन्दा बढी खरिदार पदमा दरखास्त परेको थियो । लोकसेवाले चार सय ९६ खरिदार पदका लागि विज्ञापन आह्वान गरेकामा एक लाख ३६ हजार सात सय ७६ ले दरखास्त दिएको आयोगको तथ्यांक छ । यसअघि सबैभन्दा धेरै ०७३/७४ मा नौ हजार पाँच सय ६५ जना भर्ना भएका थिए । पछिल्लो दुई वर्षको भर्ना रोकिएकाले यो वर्ष ठूलो संख्यामा भर्ना हुने सम्भावना छ ।