१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज २६ मंगलबार
  • Monday, 30 June, 2025
नयाँ पत्रिका काठमाडौँ
२o७८ असोज २६ मंगलबार o७:३७:oo
Read Time : < 1 मिनेट
अर्थ

कुमारी बैंकको ‘डिजिटल दक्षिणा’ अभियान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७८ असोज २६ मंगलबार o७:३७:oo

कुमारी बैंकले दसैँको अवसरमा ‘डिजिटल दक्षिणा’ अभियान ल्याएको छ । बैंकले कोरोना महामारीले निम्त्याएको आफन्तजनबीचको बाध्यात्मक दूरीलाई माया र आशीर्वादको डिजिटल आदान–प्रदानमार्फत कम गरी परिवारबीचको सम्बन्धलाई सुमधुर पार्ने उद्देश्यले योजना ल्याएको हो । 

बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले अहिलेको अवस्थामा मानिसहरूबीचको भौतक दूरी बढाउन डिजिटल दक्षिणा अभियान सहयोगी हुने बताए । चाडपर्वकै अवसरमा नयाँ नोटको आगमन मात्र नभई चाडपर्वमा टीका, रङ तथा अन्य कारणले नोटहरू बिग्रन सक्ने सम्भावना पनि यस डिजिटल दक्षिणाले कम गर्ने उनको भनाइ थियो । 

यस अभियानअन्तर्गत बडादसैँमा दशमीदेखि कोजाग्रत पूर्णिमासम्म, तिहारमा लक्ष्मीपूजादेखि भाइटीकासम्म तथा छठ पर्वको दिन कुमारी स्मार्ट मोबाइल बैंकिङ एपमा भएको डिजिटल दक्षिणामार्फत गरिएको अन्तरबैंक रकमान्तरमा लाग्ने सेवाशुल्क, क्यासब्याकमार्फत ग्राहकलाई फिर्ता गर्ने बैंकले जनाएको छ । 

बैंकले हाल देशभरमा एक सय ९६ शाखा, एक सय ७२ एटिएम, ३२ शाखारहित बैंकिङ इकाइ तथा १३ एक्सटेन्सन काउन्टरबाट बैंकिङ सुविधाहरू प्रदान गर्दै आइरहेको जनाएको छ ।