Skip This
चाडपर्वका लागि तोकियो खसी र बोकाको मूल्य
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज २३ शनिबार
  • Monday, 08 July, 2024
फाइल फोटो।
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज २३ शनिबार १४:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

चाडपर्वका लागि तोकियो खसी र बोकाको मूल्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज २३ शनिबार १४:५१:oo

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको दसैँका लागि खसी र बोकाको मूल्य प्रतिकेजी ६४० रुपैयाँ तोकेको छ । कम्पनीले काठमाडौंको थापाथलीस्थित आफ्नै कार्यालय परिसरमा तोकिएको मूल्यमा १० रुपैयाँ छुट दिएर प्रतिकेजी ६४० रुपैयाँमा बिक्री वितरण गरेको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले कम्पनीले खसी–बोकाको अभाव हुन नदिने प्रतिबद्धता जनाएका छन् । दसैँ–तिहारजस्ता चाडपर्वका लागि कम्पनीले सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ।

कम्पनीले हाल दुई हजार खसी, बोका बिक्रीका लागि ल्याएको छ । तर, ग्राहकहरूको चाप बढेकाले आवश्यक्ताअनुसार फेरि खसी, बोका थप गरेर बिक्री–वितरण गर्ने व्यवस्था मिलाइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बागमती प्रदेश कार्यालयकी प्रादेशिक प्रमुख ज्ञानु थापाले जानकारी दिइन् । दैनिक पाँच सयवटा खसी, बोका बिक्री–वितरण हुने कम्पनीको अनुमान छ।

कम्पनीले बिहान ७ बजेबाट अपराह्न ५ बजेसम्म खसी, बोका बिक्री–वितरणको व्यवस्था मिलाएको छ। कम्पनीले यस वर्ष कोरोनाका कारण चीनबाट च्याङ्ग्रा भने भित्र्याउन नसकिएको स्पष्ट पारेको छ। कम्पनीले यस वर्ष दाङ र मकवानपुरबाट खरिद गरेर खसी, बोका ल्याएको छ ।

ad
ad
ad
ad