१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज २२ शुक्रबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज २२ शुक्रबार o६:२५:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

भारत फेरि बराबरीमा रोकियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज २२ शुक्रबार o६:२५:oo

दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा भारतले अहिलेसम्मकै कमजोर सुरुवात गरेको छ । माल्दिभ्समा सञ्चालन भइरहेको साफ च्याम्पियनसिपमा सर्वाधिक विजेता भारत लगातार दोस्रोपटक बराबरीमा रोकिएको छ । राउन्ड रोबिन लिगको आफ्नो दोस्रो खेलमा भारत श्रीलंकासँग गोलरहित बराबरीमा रोकिएको हो । यसअघि पहिलो खेलमा भारतले बंगलादेशसँग १–१ को नतिजा निकालेको थियो । 

मालेस्थित राष्ट्रिय रंगशालामा भारतले अंक बाँड्दा नेपाललाई फाइदा पुगेको छ । साफ च्याम्पियनसिपमा अहिलेसम्म उत्कृष्ट सुरुवात गरेको नेपालले पहिलो दुई खेलमा जित निकाली ६ अंक बटुलेको छ । नेपाल शीर्ष स्थानमा छ । दुई खेलबाट दुई अंक जोडेको भारत तेस्रो स्थानमा छ । 

श्रीलंकाले राउन्ड रोबिन लिगमा तीन खेलबाट एक अंक जोड्यो । श्रीलंका पहिलो खेलमा बंगलादेशसँग पराजित भएको थियो । नेपालले पहिलो खेलमा आयोजक माल्दिभ्समाथि १–० र दोस्रो खेलमा श्रीलंकालाई ३–२ ले हराएको थियो । संयोग कस्तो रह्यो भने माल्दिभ्स र श्रीलंकालाई नेपालले दुई दशकपछि पराजित गरेको हो । 

नेपालले आइतबार भारतविरुद्ध खेल्नेछ । भारतलाई हराउँदा नेपाल पहिलोपटक फाइनलमा पुग्नेछ । बिहीबार सर्वाधिक सातपटक साफ विजेता भारतमाथि श्रीलंकाले उत्कृष्ट डिफेन्स रणनीति अपनाएको थियो । अघिकांश समय भारतले बल पोसेसन राखे पनि गोल अवसर निकाल्न सकेन । पहिलो तथा दोस्रो हाफमा भारतले सहज गोल अवसर खेर फालेको थियो ।