मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ असोज २१ बिहीबार १८:१४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नक्कली नोटसहित धनकुटाबाट ६ जना पक्राउ

Read Time : < 1 मिनेट
२०७८ असोज २१ बिहीबार १८:१४:००

नक्कली नोटको कारोबार गरेको आरोपमा प्रहरीले धनकुटाबाट ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। प्रहरीले आज बिहीबार पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरूमा धनकुटा नगरपालिका– १ हिलेका वर्ष २६ का विशाल तामाङ, सोही स्थानका वर्ष २४ का सोनम तामाङ, महालक्ष्मी नगरपालिका– ८ का वर्ष २६ का सुमन खड्का, वडा नं. ९ का वर्ष २४ का तुलसी तामाङ र वर्ष २१ विकास तामाङ तथा ताप्लेजुङको याङबरक गाउँपालिका–४ का वर्ष २६ का छितेन तामाङ रहेका प्रहरीले जनाएको छ।

असोज ११ गते धनकुटाको मुलघाटबाट २८ हजार नक्कली नोटसहित प्रहरीले विशाल र छितेनलाई पक्राउ गरेको थियो। अनुसन्धानको क्रममा प्रहरीले विशालको घरबाट ५ हजार, विशालले नै मुलघाटमा फालेको २ हजार र सोनामको घरबाट ६५ हजार नक्कली नोट बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी एवं प्रवक्ता दीपककुमार रायले बताए। बरामद गरिएका सबै नोट एउटै नम्बरका रहेको बताइएको छ ।

पक्राउ परेकाहरूलाई नक्कली नोटको प्रयोग गराउन लगाउने अर्का एक युवालाई पनि प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। अनुसन्धान प्रभावित हुने भन्दै प्रहरीले ती युवालाई भने सार्वजनिक गरेको छैन। पक्राउ परेकाहरूलाई जिल्ला अदालत धनकुटामा खोटा मुद्राअन्तर्गतको मुद्दा दायर गरी अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।