१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज २१ बिहीबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज २१ बिहीबार o६:५७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आजदेखि यात्रुवाहक साधनलाई रुट परमिट नचाहिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज २१ बिहीबार o६:५७:oo

सरकारले दसैँलगायत चाडपर्वमा आवत–जावतलाई सहज बनाउन बुधबारदेखि सबैभन्दा बढी व्यस्त हुने नारायणघाटदेखि काठमाडाैंसम्म ठूला सवारीसाधन सञ्चालनमा रोक लगाएको छ ।

यातायात व्यवस्था विभागका अनुसार खाद्यान्नलगायतका अत्यावश्यक वस्तुहरूको ढुवानी गर्ने साधनलाई भने रोकिनेछैन । ट्रेलरलगायतका  ठूला सवारीसाधनलाई भने ३ कात्तिक (कोजाग्रत पूर्णिमा)सम्म रोक लगाएको विभागका प्रवक्ता डा. लोकनाथ भुसालले जानकारी दिए । यसले घन्टौँ जाममा पर्ने र गन्तव्यमा ढिलो पुग्ने समस्यालाई समाधान गर्ने विभागको ठहर छ । 

तर, ढुवानी व्यवसायीहरूले भने सरकारको यो निर्णयबारे जानकारी नभएको बताएका  छन् । नेपाल ट्रिपर तथा ट्रक व्यवसाय समितिका संस्थापक अध्यक्ष यादवलाल श्रेष्ठले यस विषयमा विभागले कुनै छलफल नगरेको र निर्णयको जानकारीसमेत नदिएको बताए ।

‘अहिलेदेखि नै ठूला सवारीसाधन रोक्दा निर्माण आयोजना र भवन निर्माणलगायतका काममा असर पुग्छ’ उनले भने । त्यस्तै, यात्रुवाहक सवारीसाधनलाई बिहीबार (आज)देखि देशभर कार्यान्वयन हुने गरी रुट परमिट (सडक अनुमति) नचाहिने व्यवस्था गरेको छ । यसको अर्थ यात्रुवाहक सवारीसाधन जुनसुकै ठाउँमा जान सक्नेछन् । यो व्यवस्था कोजाग्रत  पूर्णिमासम्म कायम गरिएको छ ।