मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज २० बुधबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज २० बुधबार १२:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिन्धुपाल्चोक र नुवाकोटका ४५९ विपत् प्रभावित परिवारलाई राहत उपलब्ध गराइने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज २० बुधबार १२:oo:oo

बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मनसुनजन्य विपत् प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि दुई जिल्लालाई करिब दुई करोड दिने निर्णय गरेको छ। आन्तरिक मामिला तथा कानुनमन्त्री डा. अजय क्रान्ति शाक्यको अध्यक्षतामा बसेको प्रदेश विपत् व्यवस्थापन कार्यकारी समितिको बैठकले प्रदेश विपत् व्यवस्थापन कोषबाट सिन्धुपाल्चोक र नुवाकोटलाई उक्त रकम निकासा गर्ने निर्णय गरेको हो। 

बैठकले अस्थायी आवास निर्माण र पुनर्निर्माणतर्फका लागि सिन्धुपाल्चोकलाई एक करोड ८८ लाख ७७ हजार पाँच सय र नुवाकोटका लागि अस्थायी आवास निर्माणका लागि सात लाख ६५ हजार प्रदेश विपत् व्यवस्थापन कोषबाट पहिलो किस्ता रकम सम्बन्धित जिल्ला विपत् व्यवस्थापन समितिहरूलाई उपलब्ध गराउने निर्णय गरेको मन्त्री शाक्यले जानकारी दिए। 

‘बैठकले २०७७ जेठदेखि हालसम्म मनसुनजन्य बाढी पहिरोलगायत विपतका  घटनाहरूबाट क्षति पुगेका निजी घरपरिवारहरूलाई बागमती प्रदेश सरकारका तर्फबाट तत्काल गुजाराका लागि प्रतिपरिवार अधिकतम रु. दश हजारसम्म जिल्ला विपत् व्यवस्थापन समितिको निर्णयबमोजिम वितरण गर्ने पनि निर्णय गरेको छ,’ मन्त्री शाक्यले भने।

उनका अनुसार सिन्धुपाल्चोक जिल्लालाई कुल लाभग्राही तीन सय ६६ जनाको ३६ लाख साठी हजार र दोलखा जिल्लालाई कुल लाभग्राही ९३ जनाको नौ लाख तीस हजार प्रदेश विपत् व्यवस्थापन कोषबाट सम्बन्धित जिल्ला विपत् व्यवस्थापन समितिलाई रकम उपलब्ध गराउने निर्णय भएको छ। 

बैठकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र सामाजिक विकास मन्त्रालयका सचिव, बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक, नेपाल रेडक्रस सोसाइटी बागमती प्रदेशका अध्यक्षको सहभागिता रहेको थियो।