Skip This
नेप्सेमा सुधारको संकेत, कारोबार रकम खुम्चियो
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २६ बुधबार o६:११:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेप्सेमा सुधारको संकेत, कारोबार रकम खुम्चियो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o६:११:oo

सेयर बजारमा सुधारको संकेत देखिन थालेको छ । बजार घटे पनि टेको लाग्ने प्रयासमा देखिएको हो । आइतबार उच्च अंकले घटेको नेप्से सोमबार थामिने प्रयासमा देखिएको थियो । केही लगानीकर्ता बजार अझै घट्ने बताउँदै आए पनि दसँैअघि नै बजार सुधारिने अपेक्षा लगानीकर्ताको रहेको छ । सोमबार नेप्से सूचक ६ दशमलव ६८ अंकले घटेर दुई हजार पाँच सय ७० बिन्दुमा आइपुगेको छ । सेन्सेटिभ इन्डेक्स पनि एक दशमलव २८ अंकले घटेको छ ।

घटेको बजारमा लगानीकर्ताले सेयर किनबेच गरेका छैनन् । लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा देखिन्छन् । लगानीकर्ता हतार र हचुवाका भरमा सेयर बेचिहाल्ने अवस्थामा नभएको देखिएको छ । कम्पनीहरूले लाभांश वितरण गर्ने समय पनि भएकाले लगानीकर्ताको बजारमा फर्कने सम्भावना बढ्दै गएको छ । 

सोमबार धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २७ कम्पनीको ७६ लाख ५३ हजार कित्ता–इकाइ सेयर खरिद–बिक्री हुँदा तीन अर्ब ६२ करोड ७८ लाख रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा युनाइटेड मोदी हाइड्रोपावर कम्पनी रहेको छ । युनाइटेड मोदीको १२ करोड १२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

त्यस्तै, नेपाल बैंकको ११ करोड ३५ लाख रुपैयाँको कारोबार भएको छ । हिमालयन डिस्टिलरी, नेसनल हाइड्रोपावर, रैराङ हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावरको सेयर १० करोडदेखि आठ करोड रुपैयाँसम्मको कारोबार भएको छ ।

आइतबार कारोबारमा आएका १३ उपसूचकमध्ये फाइनान्स, हाइड्रोपावर र विकास बैंकले सबैभन्दा बढी गुमाउन पुगेका छन् भने माइक्रो फाइनान्स र जीवन बिमामा भने झिनो सुधार देखिएको छ । मनकामना स्मार्ट लघु वित्तीय संस्थाको नौ दशमलव ३८ प्रतिशतले घटेको छ । 

तीन कम्पनीको सेयर सर्किट मूल्यमा कारोबार 
तीन कम्पनीको सेयर सर्किट मूल्यमा कारोबार भएको छ । आशा लघुवित्त वित्तीय संस्था, मैलुङ खोला जलविद्युत् कम्पनी र सपोर्ट माइक्रो फाइनान्स वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेर सर्किट मूल्यमा कारोबार भएको हो । त्यसैगरी, मिथिला लघुवित्त, महिला लघुवित्त, सबैको लघुवित्त, साधना लघुवित्त वित्तीय संस्थालगायतको सेयर मूल्य उल्लेख्य बढेको छ । 

ad
ad