मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज १८ सोमबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका संखुवासभा
२o७८ असोज १८ सोमबार १८:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेसको संखुवासभा सभापतिमा पौडेल पक्षका खड्का निर्वाचित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, संखुवासभा
नयाँ पत्रिका
२o७८ असोज १८ सोमबार १८:१७:oo

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत संखुवासभाको सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका दीपक खड्का निर्वाचित भएका छन् । निर्वाचनको अन्तिम मत परिणामअनुसार सभापतिमा खड्काले फराकिलो अन्तरसहित जित हासिल गरेका हुन् ।

खड्काले एक हजार १९८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी राइबहादुर राईले ११० मत मात्रै प्राप्त गरेका छन् । कुल एक हजार ३५२ मत खसेको थियो । खड्का ०७० सालमा संखुवासभा क्षेत्र नं. २ बाट संविधानसभा सदस्यमा निर्वाचित भई खानेपानी तथा सरसफाइ राज्यमन्त्रीसमेत बनेका थिए ।

त्यसैगरी, उपसभापतिमा अन्नत गौली र रामकुमार जिमी, सचिवमा टकमान घले र कुमारबाबु अधिकारी तथा सहसचिवमा किशोरकुमार गुरुङ र सुवास कालाखेती निर्वाचित भएका छन् ।