मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज १७ आइतबार
  • Thursday, 19 December, 2024
२o७८ असोज १७ आइतबार ११:१o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राइनास सभापतिमा पौडेलनिकट श्रीकृष्ण निर्वाचित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज १७ आइतबार ११:१o:oo

नेपाली कांग्रेस लमजुङको राइनास नगर सभापतिमा श्रीकृष्ण पौडेल निर्वाचित भएका छन्। कुल खसेको मतमध्ये पौडेलले एक सय २२ मत प्राप्त गरेका मतदान अधिकृत दिनेश चिलुवालले जानकारी दिए। २ सय २ प्रतिनिधि मतदाता रहेको राइनासमा २ सय १ जनाले मतदान गरेका थिए।

पौडेल नूरराज कडरियालाई हराएर नगर सभापतिमा विजयी भएका हुन्। सभापति जितेका पौडेल वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट हुन्। उपसभापतिमा सन्तोष गुरुङ र राजकुमार भुजेल निर्वाचित भएका छन् भने सचिवमा गोविन्द चिलुवाल र चित्रकुमार श्रेष्ठ निर्वाचित भएका छन्। सहसचिवमा मोहन शर्मा चिलुवाल र जनकराज न्यौपाने निर्वाचित भएका हुन्।

सभापति जितेका पौडेल लामो समयदेखि नेविसंघको राजनीतिमा सक्रिय थिए। स्थगित निर्वाचनमा सभापति  पदको मतपत्रमा त्रुटि फेला परेपछि पुनः सबै पदमा मतदान भएको हो।

१४औँ महाधिवेशनको क्रममा लमजुङका आठवटै स्थानीय तहहरूमा अघिल्लो शनिबार अधिवेशन सुरु भएको हो। नयाँ नेतृत्वका लागि जिल्लाका चार नगरपालिकामा चुनावी प्रक्रियाबाट  नेतृत्व चयन गरिएको थियो भने चार गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन गरिएको हो। ९ गते सुरु भएको स्थानीय तह अधिवेशनका क्रममा मतपत्रमा त्रुटि देखिएपछि रोकिएको मतदान प्रक्रिया शनिबार सम्पन्न भएको हो।