मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ असोज १४ बिहीबार ०९:३२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

याक एन्ड यती होटेलमा एक कतारी नागरिक मृत फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ असोज १४ बिहीबार ०९:३२:००

काठमाडौंको याक एन्ड यती होटेलमा एक कतारी नागरिक मृत अवस्थामा भेटिएका छन् । बुधबार साँझ उनी बसेको कोठामा मृत अवस्थामा भेटिएका हुन् । मृत अवस्थामा देखेपछि होटेल प्रशासनले प्रहरीलाई खबर गरेको थियो ।

प्रहरीले सोधिखोजी गर्दा ती नागरिक केही दिनयता होटेलमा बस्दै आएको र बुधबार अचानक मृत अवस्थामा भेटिएको होटेल प्रशासनले जानकारी गराएको छ ।

मृत व्यक्तिको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको काठमाडौं परिसरका एसपी रमेश बस्नेतले जानकारी दिए । उनले मृत भेटिएका व्यक्तिको शरीरमा बाहिरी घाउचोट केही नदेखिएको बताए । मृत भेटिएका कतारी नागरिक ६१  वर्षीय अब्दुल्ला नसिर हलयामी रहेको प्रहरीले जनाएको छ ।