मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज १३ बुधबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज १३ बुधबार o९:१६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

भारतीय विदेश मन्त्रालयको नेपाल डेस्क प्रमुख काठमाडौंमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज १३ बुधबार o९:१६:oo

भारतीय विदेश मन्त्रालयमा नेपाल र भुटान मामिला हेर्ने (नर्थ डिभिजन प्रमुख) सहसचिव अनुराग श्रीवास्तव मंगलबार काठमाडौं आइपुगेका छन् । श्रीवास्तवको टोलीमा विदेश मन्त्रालयको विकास साझेदारी डिभिजनका अधिकारीसहित तीनजना सहभागी छन् । नेपाल भारत संयुक्त परियोजना व्यवस्थापन समितिको बैठकमा सहभागी हुन तथा उच्च सरकारी अधिकारीहरूसँग भेटवार्ताका लागि उनी काठमाडौं आएका हुन् । 

कूटनीतिक स्रोतका अनुसार श्रीवास्तवले बुधबार काभ्रेमा भारतीय सहयोगमा निर्मित विद्यालयको उद्घाटन गर्ने कार्यक्रम छ । बिहीबार परराष्ट्र, अर्थ, गृह, ऊर्जा र भौतिक योजना तथा पूर्वाधार विकास मन्त्रालयका सहसचिव सहभागी संयुक्त परियोजना व्यवस्थापन समितिको बैठक बस्दै छ । बैठकमा नेपाल र भारतबीच निर्माणाधीन परियोजना कार्यान्वयनको प्रगति तथा विगतमा भएका, तर कार्यान्वयन हुन बाँकी भएको सम्झौताबारे छलफल हुनेछ । 

श्रीवास्तवले परराष्ट्र मन्त्रालयमा उनका समकक्षी सहसचिव तीर्थराज वाग्ले, कार्यबाहक परराष्ट्रसचिव प्रकाशकुमार सुवेदी, अर्थसचिव मधु मरासिनी एवं वैदेशिक समन्वय महाशाखा हेर्ने अधिकारी, ऊर्जा, भौतिक पूर्वाधार तथा गृह मन्त्रालयका अधिकारीहरूसँग छलफल गर्ने कार्यक्रम छ ।