१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज १२ मंगलबार १८:२७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कुलमान भन्छन्– सडक, खानेपानी विभागलगायतका कारण केबुल बिछ्याउन समस्या (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज १२ मंगलबार १८:२७:००

नेपाल विद्युत् प्राधिकरणले सडक विभाग, खानेपानी विभागलगायतका निकायका कारण अन्डर ग्राउन्ड केबुल बिछ्याउने कामले गति लिन नसकेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले अन्डर ग्राउन्ड केबुल बिछ्याउने काममा सडक विभाग, खानेपानी विभागलगायतका कारण समस्या खडा भएको बताएका हुन् ।

उनले ती समस्या समाधान गरेर मुलुकमा सूचना प्रविधि क्षेत्रको विकासमा आवश्यक सहयोग पुर्याउन प्राधिकरण प्रतिबद्ध रहेको उल्लेख गर्दै समस्या समाधानका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पहल गरिरहेको जानकारी दिए ।

करिब ९५ प्रतिशत नेपालीको घरमा विद्युतीकरण भइसकेको उल्लेख गर्दै उनले त्यसले पनि सूचना प्रविधिको विकासमा उल्लेखनीय योगदान पुर्याउन सघाउ पुर्याएको बताए।

घिसिङका अनुसार प्राधिकरणले उपभोक्ताहरूबाट वार्षिक करिब ७० अर्ब आयआर्जन गरिरहेको छ ।