१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज १२ मंगलबार
  • Wednesday, 26 June, 2024
२o७८ असोज १२ मंगलबार १८:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

जुम्लामा चट्याङमा परेर ४० भेडा मरे 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज १२ मंगलबार १८:१५:oo

जुम्लाको गोठीचौर गाउँपालिकाको पाटनमा सोमबार चट्याङ लागेर भेडाबाख्रा मरेका छन् । चट्याङ लागेर करिब ४० भेडा मरेका छन् भने १५ भेडा घाइते भएका छन् । गोठीचौर गाउँपालिकाको वडा नम्बर ४ स्थित सामुदायिक वनअन्तर्गतको चिमारा लेकनजिकै डाब भन्ने ठाउँमा चट्याङ लागेर सोही वडाका स्थानीय नानो भण्डारीका १० भेडा मरेका २ घाइते, यस्तै मुनबहदुर भण्डारीका ४ मरेका २ घाइते, मुणिप्रसाद अधिकारीका १७ मरेका ७ घाइते र देवीप्रसाद अधिकारीको ९ मरेका ४ घाइते भएको  इलाका प्रहरी कर्यालयका गुठीचौरका इन्चार्ज कमल श्रेष्ठले बताए ।  अनका अनुसार चट्याङ लागेर भेडाबाख्रा परेपछि करिब ६ लाख ५० हजारबराबरको क्षति भएको छ । 

भेडाखर्क पाटन क्षेत्रमा परेको चट्याङबाट भेडापालक किसानको पुर्खौली पेसालाई नै ध्वस्त भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अम्मराज गिरीले बताए । यो क्षेत्रको अधिकांश स्यानीयको मुख्य आम्दानीको स्रोत भनेकै भेडापालन हो । गिरीले भने, भेडापालक किसानलाई राहतका लागि गाउँपालिकामा छलफल गरेर मात्र राहतको कुरा गर्न सकिनेछ।

भेडा मरेपछि व्यावसायिक रूपमा भेडा पालेरै जीविकोपार्जन गर्दै आएका किसानलाई रोजीरोटी जुटाउन मुस्किल परेको छ । ठूलो मात्रामा क्षति भएपछि स्थानीयले राहतको माग गरेका छन् । जुम्लामा गएको ०७० सालमा निरन्तर परेको असिनापानी र हावाहुरीले करिब सात सय भेडाबाख्रा मरेका थिए भने ०७७ सालमा पाँच सय भेडा मरेको तथ्यांक छ ।

ad
ad
ad
ad