मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज १२ मंगलबार
  • Tuesday, 17 December, 2024
२o७८ असोज १२ मंगलबार o८:o२:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

दोहोरो नागरिकतासम्बन्धी ७८ फाइल  पर्सा प्रहरी कार्यालयमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज १२ मंगलबार o८:o२:oo

जिल्ला प्रशासन कार्यालय पर्साले अवैध तरिकाले दोहोरो नेपाली नागरिकता लिएका ७८ जनाको फाइल अनुसन्धानपछि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको छ । विभिन्न समयमा झुटो विवरण पेस गरी दोहोरो नेपाली नागरिकताको प्रमाणपत्र लिनेहरूविरुद्ध अनुसन्धान गर्दै जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको हो । 

विभिन्न समयमा आएको उजुरीका आधारमा अनुसन्धान गर्दै कारबाही प्रक्रिया अगाडि बढाइएको हो । पर्सामा दोहोरो नागरिकतासम्बन्धी बढी उजुरी आउने गरेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए । उनले भने, ‘नागरिकताबारे आएका उजुरी, गुनासो हेरेर कानुनविपरीत भएको पाइए कारबाहीको सिफारिस गर्ने हो । मन्त्रालयले महसुस गरेमा अन्य जिल्लामा पनि अध्ययन हुन सक्छ ।’ 

प्रजिअ पौडेलका अनुसार विगतमा पटक–पटक झुटो विवरण पेस गरेर नेपाली नागरिकता प्राप्त गरेकाहरूको नागरिकता सरकारले खारेज गरेको छ । जिल्ला प्रशासन कार्यालय, पर्साको तथ्यांकअनुसार गत वर्षको साउनदेखि हालसम्म तीन हजार आठ सय ५० जनाले वंशजका आधारमा नागरिकता पाइसकेका छन् । दुई हजार एक सय ४६ जनाले जन्मका आधारमा र वैवाहिक अंगीकृत नागरिकता सात सय १६ जनाले लिएका छन् । 

गृह मन्त्रालयका प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीले कुनै अवैध नागरिकताबारे उजुरी परेमा मन्त्रालयले छानबिन गर्ने बताए । सुवेदीले भने, ‘कुन–कुन जिल्लामा के छ भनेर त भन्न सक्दिनँ । तर, गुनासो, उजुरी आएका कुरालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान र अध्ययन गर्दै आएका छौँ ।’