१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
हिमाल पौडेल काठमाडाैं
२o८१ बैशाख २२ शनिबार o८:५६:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

कारबाही फुकुवामा कांग्रेसभित्र विभेद विधानअनुसार होइन, पहुँचका आधारमा निर्णय

Read Time : > 1 मिनेट
हिमाल पौडेल, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o८:५६:oo

नेतामाथिको कारबाही फुकुवाका  विषयमा कांग्रेसभित्र विभेद हुने गरेको छ । उस्तै प्रकृतिका कारबाहीमा कसैले विधानविपरीत फुकुवा पाउने र कसैले समयावधि सकिँदा पनि नपाउने विभेदपूर्ण व्यवहार भइरहेको छ । निर्वाचनमा बागी उठेका नेताहरूमाथिको कारबाही र फुकुवामा फरक–फरक मापदण्ड अपनाएको भन्दै कांग्रेसभित्र असन्तुष्टि छ । पार्टी विधानमा बागी उठ्ने जोकोही पनि पाँच वर्षसम्म पार्टीबाट निष्काशित हुने व्यवस्था छ । तर, पार्टीले उस्तै प्रकृतिका घटनामा फरक–फरक निर्णय गरेको छ । कारबाही फुकुवा विधानअनुसार होइन, ‘पहुँच’ का आधारमा भएका छन् । 

०७० कै निर्वाचनमा तनहुँ क्षेत्र नं. २ मा रामचन्द्र पौडेलविरुद्ध बागी उठेका पूर्णबहादुर गुरुङको कारबाही फुकुवा भयो । विधानअनुसार कारबाही फुकुवा गर्न पाँच वर्ष पुग्नुपर्ने हो । तर, त्यो अवधि नपुग्दै गुरुङको कारबाही फुकुवा भयो । र, ०७४ को आमनिर्वाचनमा जनजाति कोटाबाट समानुपातिक सांसदको बन्द सूचीमा उनको नाम आठ नम्बरमा राखियो । गुरुङको कारबाही फिर्तामा पौडेल आफैँले पहल गरेका थिए । 

तर, ०७० को दोस्रो संविधानसभा निर्वाचनमा चितवन– ४ बाट तत्कालीन पार्टी सभापति सुशील कोइरालाविरुद्ध बागी उठेका विकास कोइरालालाई आठ वर्ष पुग्न लाग्दासमेत कांग्रेसले कारबाही फुकुवा गरेको छैन । बागी उठेका अधिकांश नेताहरूको कारबाही फुकुवा भइसकेको छ । कारबाही फुकुवामा विभेदपूर्ण व्यवहार भएको भन्दै कोइराला असन्तुष्ट छन् । 

कांग्रेसमा यीबाहेक अरू दुई घटना पनि छन्, जसले कारबाहीमा विभेदपूर्ण व्यवहार भएको देखाउ“छन् । ०७० कै निर्वाचनमा पार्टीले टिकट नदिएपछि कपिलवस्तुको निर्वाचन क्षेत्र नं. २ बाट बागी उठेका अतहर कमालले चुनाव जिते । पार्टीकै उम्मेदवारविरुद्ध बागी उठेको भनेर उनलाई कारबाही पनि भयो । तर, केही समयपछि कारबाही फुकुवा गरेर उनलाई कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्य बनाइयो ।

कुनै गुटमा नलागेकाले ममाथि अन्याय गरियो 
विकास कोइराला,  चितवन कांग्रेसका नेता

पार्टीभित्रको कुनै गुटमा छैन । केन्द्रका नेताहरूसँग स्वार्थ नमिलेकाले पार्टीको विधानअनुसार पाउने अधिकार पनि मलाई दिइएन । यो पूर्ण रूपमा बेथिति हो । ममाथिको अन्यायको जिम्मेवारी नेतृत्वको हिसाबले सभापतिले लिनुपर्छ । सभापतिले सबैलाई समान व्यवहार गर्नुपर्ने हो, तर उहाँले त्यसो गर्नुभएन ।

पार्टीलाई विधानअनुसार चलाउनुपर्ने पार्टीको केन्द्रीय समितिले हो । तर, केन्द्रीय समितिमा पनि विधान मिचेर गरिएको कामकारबाहीको विरुद्धमा कसैले पनि आवाज उठाएन । पार्टीको विधानअनुसार मेरो कारबाही फुकुवा हुनुपर्ने हो । मैले गरेको योगदानको पनि त कदर हुनुप¥यो नि !

ad
ad