मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ मङ्सिर १७ शुक्रबार
  • Friday, 03 December, 2021
२०७८ असोज ११ सोमबार ०७:३२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सानो कारागार, धेरै कैदीबन्दी

कैदीबन्दीलाई सुत्न र शौचालय जान समस्या

Read Time : < 1 मिनेट
२०७८ असोज ११ सोमबार ०७:३२:००

जिल्ला कारागार लमजुङमा क्षमताभन्दा तेब्बर कैदीबन्दी भएपछि व्यवस्थापनमा समस्या भएको छ । कारागारको क्षमता ३५ भए पनि क्षमताभन्दा तेब्बर कैदीबन्दी बस्दै आएका छन् । कारागारमा अहिले ९७ जना कैदीबन्दी राखिएको छ । १० महिला र ८७ जना पुरुष गरी कारागारमा ९७ जना कैदीबन्दी बस्दै आएका छन् ।

फरार अभियुक्तहरू धमाधम पक्राउ पर्न थालेर कैदीबन्दीको संख्या बढेको हो । ०२८ सालमा स्थापना भएको कारागार ०७२ कोे भूकम्पका कारण जीर्ण छ । कारागारका जेलर जगदीश मिश्रका अनुसार कारागार ३५ जना राख्ने क्षमताको हो । ‘भवन जीर्ण छ, कैदीबन्दीको संख्या बढेको बढ्यै भयो,’ उनले भने वैकल्पिक व्यवस्थापन हुन नसक्दा कैदीबन्दीहरूलाई बस्न समस्या भएको छ । जीर्ण बन्दै गएको लमजुङ कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन गर्न निकै समस्या परेको छ । 

कारागारका कैदीहरूले क्षमताभन्दा बढी कैदीबन्दी हुँदा  आफूहरूलाई सुत्न र शौचालय जानसमेत समस्या भएको बताउँदै आएका छन् । कारागारका चौकीदार नवीन गुरुङले क्षमताभन्दा तेब्बर कैदीबन्दी भएको कारागारमा वैकल्पिक व्यवस्थापन हुन नसक्दा कैदीबन्दीलाई  सुत्न र शौचालय जान समस्या भएको बताए ।

उनले भने, ‘कैदीबन्दीले पिउने पानी, चर्पी, आरामदायी बसाइलगायतका समस्या झेल्दै आएका छन् ।’ जिल्लामा आधुनिक कारागार भवन निर्माणका लागि विभागमा पटकपटक अनुरोध गरे पनि कुनै प्रक्रिया अगाडि नबढ्दा दिन प्रतिदिन समस्या बढ्दै गएको कारागार प्रशासनको भनाइ छ ।