मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ असोज १० आइतबार
  • Friday, 28 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज १० आइतबार १६:३३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ट्रायल परीक्षामा आफ्नै सवारी प्रयोग गर्ने व्यवस्था सर्वोच्चको आदेशले रोकिएको मन्त्रालयको प्रस्टीकरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज १० आइतबार १६:३३:oo

सरकारले उपभोक्ताको सजिलोका लागि गरिएको निर्णय सर्वोच्च अदालतको आदेशले रोकिएको स्पष्टीकरण दिएको छ। आइतबार प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले सवारीचालक अनुमतिपत्र र प्रयोगात्मक परीक्षामा आफ्नै सवारी प्रयोग गर्न पाउने मन्त्रालयको व्यवस्था सर्वोच्च अदालतको आदेशका कारण रोकिएको प्रस्ट्याएका हुन्।

आफ्नै सवारीसाधन प्रयोग गरेर दिइने प्रयोगात्मक परीक्षा गर्ने ठाउँमा यातायात व्यवस्था विभागले ठेक्कामा दिइसकेको र सर्वोच्च अदालतले ठेक्कामा दिएअनुसार नै गर्नू भनेर आदेश दिएकाले तत्काल रोक्न सरकार बाध्य हुनुपरेको बताए ।

सवारीचालक अनुमतिपत्र प्राप्त गर्नका लागि लिइने परीक्षामा ७० प्रतिशत नम्बर ल्याउनेलाई एक वर्षको परीक्षणकालको व्यवस्था हुने गरी अनुमतिपत्र दिन सकिने व्यवस्था राखिएको पनि उनले समितिलाई जानकारी गराए।

सचिव श्रेष्ठले अहिले चालक अनुमतिपत्र दिन कुनै समस्या नरहेको भन्दै ट्रायल पास गरेकै दिन अनुमतिपत्र दिन सकिने पनि उनले बताए।