१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज ८ शुक्रबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज ८ शुक्रबार २o:२२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वडा अधिवेशन नसकिएपछि कांग्रेस काठमाडौंको पालिका अधिवेशन असोज १६ लाई सर्‍यो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज ८ शुक्रबार २o:२२:oo

काठमाडौं जिल्लामा नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत शनिबारका लागि तोकिएको ११ वटा पालिकाको अधिवेशन सरेको छ । जिल्ला निर्वाचन समितिले जिल्ला कार्यसमितिसँगको सहमतिमा अधिवेशनको मिति सारेको हो ।

कांग्रेस काठमाडौं जिल्ला सभापति सबुज बानियाँका अनुसार २ वडामा अधिवेशन हुन नसकेको र एउटा वडामा मतदान नटुंगिएकाले अधिवेशन सारिएको जानकारी दिए । उनले जिल्ला निर्वाचन समितिले सहमतिमा नै असोज १६ मा पालिका अधिवेशनको नयाँ मिति तय गरेको जानकारी दिए । 

‘काठमाडौं महानगरपालिका–३२ मा मतदान नसकिएको र कागेश्वरी मनहरा नगरपालिका–५ र दक्षिणकाली नगरपालिका–२० मा मतदान अधिकृतले समन्वय नगर्दा निर्वाचन हुन सकेको छैन,’उनले नयाँ पत्रिकासँग भने, ‘निर्वाचन समितिले सहमतिमै १६ गतेका लागि नयाँ अधिवेशनको मिति तय गरेको हो ।’