मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज ८ शुक्रबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज ८ शुक्रबार १२:११:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आलमलाई थुनामुक्त गराउन माग गरिएको मुद्दामा सुनुवाइ हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज ८ शुक्रबार १२:११:oo

सर्वोच्च अदालतले पूर्वमन्त्री मोहम्मद अफताब आलमको मुद्दामा सुनुवाइ तोकेको छ। शुक्रबार न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ तोकिएको हो।

आलममाथि ०६४ चैत २७ मा भएको संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट हुँदा घाइतेलाई इँटाभट्टामा जलाएर मारेको अभियोग लागेको छ। उनीमाथि विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योगमा मुद्दा चलिरहेको छ।

आलमलाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा पठाएको थियो। जिल्लाको आदेशलाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले समेत सदर गरिदिएको थियो। त्यसपछि आलम थुनामुक्त गराउन माग राख्दै ०७७ असोज १२ मा सर्वोच्च पुगेका हुन्। उनको मुद्दामा पटकपटक पेसी चढे पनि सुनुवाइ भने हुन सकेको छैन।